डडेल्धुराका व्यापारी आन्दोलित

डडेल्धुराका व्यापारी आन्दोलित
सुन्नुहोस्

डडेल्धुरा : डडेल्धुराका व्यवसायीले बैंकको चर्को ब्याजदर विरुद्ध आन्दोलन गर्ने भएका छन्। 

उद्योग वाणिज्य सघं डडेल्धुरासहित सदरमुकामका व्यापारी, बजार बन्ददेखि ‘नो डिपोजिट’सम्मका कार्यक्रम गर्ने भएका छन्।

जानकारीबिना बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याज लिएको भन्दै डडेल्धुराका उद्योगी व्यवसायी आन्दोलनमा उत्रिन लागेका हुन्। 

उद्योग वाणिज्य संघ, वस्तुगत संघ, नागरिक समाज र उद्योगी व्यवसायीहरूको उपस्थितिमा सोमबार बसेको बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो।

संघले पत्रकार सम्मेलनमा मंगलबारदेखि चरणबद्ध आन्दोलन गर्ने जनाएको हो। संघका अध्यक्ष द्विजराज भट्टले १६ गतेदेखि देखि १८ गतेसम्म चरणबद्ध आन्दोलन गरिने बताए। 

उनका अनुसार प्रत्येक दिन बिहान ११ बजेसम्म बजार बन्द गर्ने, १७ गते बैंकमा धर्ना दिने, १८ गते कुनै पनि बैंकमा बचत नगर्ने (नो डिपोजिट) र त्यसपछि थप आन्दोलनका कार्यक्रम तय गर्ने निर्णय भएको छ। 

लामो समयदेखि आन्दोलन गर्दा पनि सरकारले सुनुवाइ नगरेपछि बजार नै बन्द गरेर आन्दोलनमा उत्रिनुपरेको उनले बताए। 

चरणबद्ध आन्दोलनबाट पनि समस्याको समाधान नभए थप आन्दोलनका कार्यक्रमसहित अगाडि आउने बताइएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.