महोत्तरीको गौशालामा रुपान्तरण होली महोत्सव

महोत्तरीको गौशालामा रुपान्तरण होली महोत्सव
सुन्नुहोस्

महोत्तरी : महोत्तरीको गौशालामा रुपान्तरण होली महोत्सव सम्पन्न भएको छ। 

कार्यक्रममा विभिन्न टोलीहरूले जोगिरा (होरीको लोकगीत) गाउनुको साथै सांगीतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए।

विभिन्न ८ वटा टिम सहभागी रहेको सो प्रतियोगितामा गौशाला-११ का कालिपुर टिम प्रथम भएका थिए। 

दोस्रो स्थान गौशाला १० का वटौवा टिम र तेस्रो स्थान गौशाला ३ का नवराजपुर टिम भएका थिए। विजेताहरूलाई प्रमाणपत्र र नगद पुरुस्कार वितरण गरेका थिए।

वक्ताहरूले मिथिलाको सांस्कृतिक धरोहर, सांगीतिक सम्पदालाई संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। नगरपालिकाका पूर्व मेयर शिवनाथ महतोले यस्ता सांस्कृतिक धरोहरलाई पुस्तान्तरण गर्नुपर्ने आवश्यक रहेको धारणा राखेका छन्। 

सरोकारवाला निकायले यस्ता सम्पदालाई संरक्षणका निम्ति सकारात्मक कदम उठाएर अगाडि बढे मात्र हाम्रा सांस्कृतिक धरोहरहरूको रक्षार्थ हुने बताएका छन्।

नगरपालिकाका मेयर डा दिपेन्द्र महतोले होरैया गीतलाई क्रमिक रूपमा युवालाई हस्तान्तरण गरे लागूऔषधजस्ता कुलतबाट युवाहरूलाई बचाउन सकिने धारणा राखेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.