ठूलो हावाहुरीका कारण फेवातालमा प्याडलबोट दुर्घटना
![ठूलो हावाहुरीका कारण फेवातालमा प्याडलबोट दुर्घटना](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_Dej4NcOJ90.jpg)
पोखरा : पोखरामा शनिबार दिउँसो चलेको हावाहुरीका कारण फेवातालमा प्याडलबोट पल्टिएको छ। प्याडलबोटमा सवार पाँचै जनाको उद्धार गरिएको छ।
बोट दुर्घटनामा परेकी पोखरा-१ की यममाया गिरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवर्ण विकले जानकारी दिए।
हावाहुरी चल्दा प्याडलबोट पल्टिएर थिचिँदा एक जना गम्भीर अवस्थामा उद्धार गरिएको फेवा डुंगा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीले जानकारी दिए।
डुंगा व्यवसायी, सशस्त्र प्रहरी, नेपाल आर्मीले उद्धार गरेका थिए। प्याडलबोटमा सवार पाँच जना मध्ये एक जना हावाहुरी चल्दा खसेर डुबेको अवस्थामा तत्कालै डुंगा व्यवसायी र सुरक्षाकर्मीले उद्धार गरेको फेवा डुंगा व्यवसायी समितिका अध्यक्ष गिरीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)