इच्छा विपरित रंग लगाए कारबाही हुने
पोखराः रंगको पर्व होलीमा शुभकामना साटासाट गरेर मनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले अनुरोध गरेको छ।
रंगको माध्यमबाट खुशी साटासाट गर्ने पर्व फागु पूर्णिमा २०७९ को शुभकामना दिँदै जिल्ला प्रशासन कार्यालय कास्कीले हर्सोल्लासका साथ चाड मनाउन आग्रह गरेको छ। पर्व मनाउने क्रममा कसैको इच्छा विपरित रंग नदल्न पनि आग्रह गरेको छ।
जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'पर्व मनाउने नाममा व्यक्तिको इच्छा विपरित जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, सर्वाजनिक ठाउँमा होहाल्ला गर्ने जस्ता काम नगर्न सूचित गरिन्छ।'
सूचनाको अवज्ञा भए कानून बमोजिम कारबाही हुने जिप्रका कास्कीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !