साकार पार मेट्रोरेल सपना

साकार पार मेट्रोरेल सपना
सुन्नुहोस्

 विकास र समृद्धिको एउटा मापक सहरी यातायात सेवा हो। यदि त्यसो हो भने देशको राजधानी काठमाडौं निकै पछाडि छ। ६० लाख जनसंख्या बस्ने अनुमान गरिएको राजधानीमा सजिलो र आधुनिक प्रकारको सहरी रेल सेवासम्म सुरु हुन सकेको छैन। जबजब चुनाव आउँछ, तबतब नेता र दलहरूका भाषण र घोषणामा चाहिँ मेट्रो रेल आउँछ, व्यवहारमा भने अहिलेसम्म आएको छैन।

कुरा त प्रमुख दलहरूले २०४८ सालकै चुनावमा पूर्व–पश्चिम विद्युतीय रेलमार्गको गरेका थिए, न पूर्वपश्चिम रेलमार्ग बनेको छ न राजधानीमै मेट्रोरेल। आज पनि उपत्यकाको एउटा कुनाबाट अर्काे कुना पुग्न साना माइक्रो र टेम्पुहरू पटकपटक बदल्दै र अनेक सास्ती खेप्दै यात्रा गर्नुपर्छ। भनेको बेला भनेको ठाउँमा सजिलै सार्वजनिक यातायात पाइन्न। किचाघानको सास्ती एकातिर हुन्छ भने अव्यवस्थित झन् भन्नै परेन। अपांगता भएका र ज्येष्ठ नागरिकले जति सास्ती त झन् कसले बेहोर्ला ? 

आजको युगमा रेल यातायात कुनै तिलस्मी वा जादुगरी साधन होइन। बेलायतको लन्डनमा डेढ सय वर्षअघि मेट्रोरेल कुदेको थियो। अमेरिकामा सय वर्षअघि नै रेल चलेको थियो। भारतीय राजधानी दिल्लीमा दशकभन्दा अघिदेखि सुव्यवस्थित मेट्रोरेल चलिरहेको छ। पाकिस्तानको लाहोर सहरमा पनि मेट्रोरेल कुदिसक्यो। हाम्रो राजधानीमा पनि मेट्रोरेलसम्बन्धी धेरै अध्ययन भएका छन्। तिनले काठमाडौंमा पनि मेट्रो चलाउन सम्भव देखाएका छन्। हाम्रोमा भने विकासको गति नै सुस्त छ, राजनीतिक अस्थिरतको गति तीव्र छ। नेताहरूको इच्छाशक्ति लुसो छ। उनीहरूका भिजन टाक्सिएका छन्। 

कोरिया रेल नेटवर्क अथोरिटीले सन् २०१२ मै काठमाडौंमा मेट्रोरेलको अध्ययन गरी प्रतिवेदन बुझाएको हो।

सन् २०१७ मा जापानले बृहत् यातायात गुरुयोजना बनाएर काठमाडौंमा रेल कुदाउन सुझाएको थियो। तर, ती प्रतिवेदन र सुझावको म्यादै गुज्रिसक्यो। कम्तीमा पनि थानकोटा नागढुंगादेखि काभ्रेको बनेपा, धुलिखेलसम्म र बूढानीलकण्ठदेखि भैंसेपाटीसम्म उत्तरदक्षिण र पूर्वपश्चिम रेलमार्ग हुने हो भने उपत्यकाभित्रको बसोबास फिजारिन पुग्थ्यो। आवतजावतमा अहिले भइरहेको सास्ती अन्त्य हुन्थ्यो। खर्बाैं खर्ब रुपैयाँ लाग्न सक्ने यस्तो परियोजना एकैपटक पूरा गर्नुपर्छ भन्ने पनि छैन, चरणचरणमा गर्दै जान सकिन्छ। त्यसका लागि पैसाभन्दा बढी सरकारको इच्छाशक्ति नै पहिलो आवश्यकता हो। अर्थ र उपत्यकाकै भौगोलिक स्वरूपका कारण मेट्रोरेल कठिन भए पनि असम्भवै छैन भन्ने विज्ञहरूको सुझावलाई सरकारले सुन्न जरुरी छ। मेट्रोरेल सेवा निर्माण जतिजति ढिला हुन्छ, त्यतिन्जेल उपत्यकाको यातायात व्यवस्था चौपट भइरहने निश्चित छ। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.