अमेरिका–इरान युद्ध अन्त्यको आशा

अमेरिका–इरान युद्ध अन्त्यको आशा
सुन्नुहोस्

अमेरिका र इरानबीच युद्ध अन्त्यको आशा पलाएको छ। दुई देशबीचको समझदारीपत्र बाहिरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी उपविदेशमन्त्री काजेम गरबाबादीले पनि यसको पुष्टि गरेका छन्। पाकिस्तानी मध्यस्थतामा भएको वार्ताले  १४ बुँदे समझदारीको मस्यौदा बनाएको छ। वार्ता र समझदारीका लागि कतारको पनि योगदान रह्यो। समझदारीमा अब स्विट्जरल्यान्डको जेनेभामा असार ५ गते शुक्रबार हस्ताक्षर हुनेछ। अब तत्काललाई युद्ध रोकिनेछ। सबैभन्दा महत्त्वपूर्ण त इन्धनलगायत सामान ओसार गर्ने हर्मुज जलघाँटीको इरानी अवरोध हट्नेछ। विश्वभरकै अर्थव्यवस्थामा जुन अवरोधले नकारात्मक प्रभाव परेको थियो, त्यसमा राहत हुनेछ। 

यो सुखद समाचार बाहिरिएसँगै तेलको मूल्यमा गिरावट सुरु भइसक्यो। सेयर बजारहरूमा हरियाली छाइसक्यो। शान्तिको सन्देश कति बलियो हुन्छ कि यसले सबैको आत्मविश्वास ह्वात्तै बढाउँछ। इरानमाथिका प्रतिबन्ध हटाउन अमेरिका तत्पर हुनुपर्छ र इरानले पनि कुनै खाले शक्तिशाली परमाणु बमको निर्माणलाई रोक्नुपर्छ। युद्धमा कसैले जितेको ठान्छ र कसैले हारेको। तर वास्तवमा हार मानवीयताको हुने हो। जित कसैको हुँदैन। युद्धको डढेलोले सधैं गरिब र निमुखालाई मात्रै पोल्छ। दुई देशको युद्धमा कसैले जितेको वा हारेको भन्दा पनि समग्र विश्व हारिरहेको थियो। नेतृत्वको उन्मादमा सैनिकले ज्यान गुमाए। अर्बौं अर्ब रुपैयाँको नोक्सानी भयो। संसारका कुनाकुनामा महँगी पुग्यो। नेपालमा त्यसको प्रत्यक्ष असर देखियो। 

अब समझदारीमा हस्ताक्षर र त्यसको कार्यान्वयन महत्त्वपूर्ण हो। ६० दिनभित्र त्यो पूरा गर्ने चुनौती छ। सँगसँगै दिगो शान्तिका लागि पनि संयमतापूर्वक दुई देशले निर्णय गर्नुपर्छ। ता कि भविष्यमा फेरि युद्ध नदोहोरियोस्। विगतमा युद्ध विरामपछि पुन भएका युद्धले जुन सन्देह बाँकी राखेका छन्, ती मेटिऊन्। ६० दिनको मौका शक्ति सञ्चय र पुनः भयानक युद्ध गर्ने बहाना नबनोस्। जसरी अहिलेको समझदारीको घोषणालाई युरोपेलीलगायत देशले स्वागत गरेका छन्, तिनले युद्धरत दुवै देशलाई शान्तिका लागि निरन्तर दबाब दिनुपर्छ।

विश्व अर्थव्यवस्थालाई नै डामाडोल पारिरहेको यस्तो युद्ध रोक्न विश्वका सबै देशले दबाब दिनैपर्छ। यो सम्झौतामा इजरायल सहभागी छैन। यसले अमेरिका र इजरायल सम्बन्धमा पनि चिसोपना पक्कै आउनेछ। तर संसारभरकै दबाबसामु इजरायल एक्लै युद्धमा लाग्न सम्भव अवश्य हुँदैन। त्यही कारण नै युद्ध रोक्न संसारका सबैको दबाब चाहिएको हो। अमेरिकी साथ र समर्थनकै कारण न इजरायलले युद्ध छेड्न सकिरहेको हो पनि।

अमेरिका नै युद्धबाट पछि हट्ने भएपछि इजरायलले पनि सम्झौता नगरी धरै छैन। इजरायलले पनि हठ त्याग्नुपर्छ। शान्तिको बाटो समात्नुपर्छ। यसले विश्वभर शान्तिको सन्देश फैलाउनेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.