आठराई त्रिवेणी बन्यो च्याम्पियन

आठराई त्रिवेणी बन्यो च्याम्पियन
सुन्नुहोस्

ताप्लेजुङ : ताप्लेजुङमा सम्पन्न उपमेयर कप महिला फुटबलको उपाधि आठराई त्रिवेणी गाउँपालिकाले जितेको छ। फुङ्लिङ नगरपालिकालाई २-१ गोलअन्तरले पराजित गर्दै आठराई त्रिवेणीले उपाधि हात पारेको हो। 

बुधबार सम्पन्न खेलमा जितका लागि आठराई त्रिवेणीकी अनुसा आङ्बुहाङ र प्रिती गुरुङले गोल गरिन्। यता फुङ्लिङको तर्फबाट विनिता खवासले गरेको गोल नै सान्तवना गोल बन्यो।  
उनले पहिलो हापको १४ औं मिनेटमा नै खाता खोलेकी थिइन्। सुरुवाती अग्रता लिएको नगरपालिकाले अग्रता कायम राख्न सकेन। उपाधि हात पारेको आठराई त्रिवेणीले नगद १ लाख ११ हजारसहित ३ वर्षे रनिङ कप र प्रमाणपत्र पाएको छ। 

यता उपविजेता बनेको फुङ्लिङले नगद ५५ हजार ५ सय रुपैयाँसहित मेडल र प्रमाणपत्रमा चित्त बुझायो। रनिङ कप १ सय तोला चाँदी र आधा तोला सुन जडित हुने आयोजकले जनाएको छ।

विद्यागत पुरस्कार तर्फ बेष्ट डिफेन्डरमा फुङ्लिङकी अनुसार थेबे, मिडफिल्डरमा आठराई त्रिवेणीकी रेश्मा थलङ, किपिङमा आठराई त्रिवेणीकी एलिसा लिम्बू, फर्वाडमा फुङ्लिङकी सुजता पालुंवा बनिन्। 

उदयमान खेलाडीमा फुङ्लिङकी विनिता खवास र बेष्ट प्लेयरमा आठराई त्रिवेणीकी अनुसा आङ्बुहाङ नगद सहित सम्मानित भए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.