स्थानीय युवाले जलाए थापाको पुत्ला

स्थानीय युवाले जलाए थापाको पुत्ला
सुन्नुहोस्

जाजरकोट : जाजरकोटका एमाले नेता विश्वविक्रम शाह लगायत केही सर्वसाधारणलाई कुटपिट तथा दुर्व्यवहार गर्ने प्रहरी निरीक्षक सुनिल थापा नेपालीको पुत्ला दहन गरिएको छ। 

गत २२ गते स्थानीय युवालाई उपचार गरिरहेको अवस्थामा प्रहरी निरीक्षक नेपालीको नेतृत्वमा आएको प्रहरी टोलीले एक्कासि आएर अन्धाधुन्ध लठ्ठी चार्ज गरेको र गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय लगेर थप यातना दिएको भन्दै स्थानीय युवाहरूले उनको पुत्ला दहन गरेका हुन्। 

स्थानीय युवाहरूले बुधबार बेलुका ठाँटी बजारमा मसाल जुलुस निकाल्दै कुटपिट तथा दुव्यर्वहारमा संलग्न प्रहरी निरीक्षक नेपालीको पुत्ला दहन गरेका छन्। 

कोणसभामा बोल्दै स्थानीय युवा दिनेश गौतमले सधैं न्यायको पक्षमा उभिने युवा समाजसेवी शाह लगायत स्थानीयलाई गरिएको दुर्व्यवहार र कुटपिटको घोर भत्र्सना एवं निन्दा गरे।

घटनाको निष्पक्ष छानबिनका लागि नागरिक अगुवा, मानव अधिकार कर्मी, पत्रकार, युवा लगायतको सर्वपक्षीय छानबिन समिति बनाउन कडा माग गर्दै, गुन्डागर्दी शैलीमा प्रस्तुत भएका प्रहरी निरीक्षकलाई तत्काल निलम्बन गरी विभागीय कारबाही गर्न माग गरिएका छन्।  

अर्का स्थानीय युवा अनिश कुमार कार्कीले  प्रहरीको ज्यादति विरुद्ध खेद प्रकट गरेका छन्। प्रहरीले युवाहरूलाई पटक पटक गरिएको घृणित दुर्व्यवहारले सीमा नाघेको र अब उप्रान्त यस्ता अमानवीय घटना नदोहोर्‍याउन आग्रह गरे। 

उनले घटनाको छानबिन गरी प्रतिवेदन सार्वजनिक गरेर दोषीलाई कारवाहीको माग गरेका छन्। उनले आफूहरूका न्यायोचित मागहरूलाई अवमूल्यन गरिएमा थप कडा र सशक्त भएर संघर्षका कार्यक्रमहरू गरिने चेतावनी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.