डाँडाबजार गोल्डकपमा रारा फुटबल क्लब र धरान सिटीको जित

डाँडाबजार गोल्डकपमा रारा फुटबल क्लब र धरान सिटीको जित
सुन्नुहोस्

धनकुटा : साँगुरीगढी गाउँपालिका-५ स्थित डाँडाबजारमा जंगबहादुर थापा स्मृति दोस्रो डाँडाबजार गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। 

डाँडाबजार फुटबल क्लबको आयोजनामा प्रतियोगिता सुरु भएको हो। बुधबार गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई र स्वर्गीय जंगबहादुर थापाकी धर्मपत्नी हस्तमाया थापाले संयुक्त रूपमा प्रतियोगिता उद्घाटन गरेका थिए। 

प्रतियोगिताको पहिलो दिन दुईवटा खेल सम्पन्न भए। उद्घाटन खेलमा साँगुरीगढी-११ फुटबल क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै रारा फुटबल क्लब, राजारानी सेमिफाइनलमा प्रवेश गरेको छ। राराको जितमा विरेन चेम्जोङले २ गोल गरे।

null

साँगुरीगढीका लागि सान्त्वना गोल सलिन राईले गरेका थिए। राराको जितमा दुई गोल गर्ने विरेन खेलको म्यान अफ द म्याच घोषित भए। उनलाई वडा नम्बर ५ का वडाध्यक्ष खड्ग लिम्बुलाई नगद दुई हजार रुपैया प्रदान गरे। 

दोस्रो खेलमा धरान सिटी फुटबल क्लबले कुसुमे साइनिङ क्लब केराबारी मोरङलाई शुन्यका विरुद्ध दुई गोलअन्तरले पराजित गर्‍यो। धरान सिटीको जितमा निमा शेर्पा र विवेक राईले एक/एक गोल गरे। उक्त खेलको म्यान अफ म्यान धरान सिटीका सुरज विके घोषित भए। 

उनलाई सप्तकोशी विकास बैंक डाँडाबजार शाखाका म्यानेजर रकेट राईले नगद दुई हजार प्रदान गरे। प्रतियोगितामा आयोजक डाँडाबजार फुटबल क्लबसहित कोशी प्रदेशका विभिन्न आठ टिमको सहभागिता छ। 

प्रतियोगिताको विजेताले १ लाख ५० हजार र ट्रफी र उपविजेता टिमले नगद ७५ हजार र ट्रफी प्राप्त गर्नेछन्।धागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष राजकुमार लिम्बुले बताए।  

अघिल्लो वर्ष गोल्डकपको प्रथम संस्करण भएको थियो। उक्त संस्करणको विजेता आयोजक डाँडाबजार फुटबल क्लब नै भएको थियो। डाँडाबजार फुटबल क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको मुख्य प्रायोजक दिलिप थापा हुन्। वडा नम्बर वडा कार्यालय, साँगुरीगढी गाउँपालिका, गोर्खा व्रुअरी र वदरहुडले पनि सहयोग गरेका छन्। 

प्रतियोगिताको फाइनल खेल आगामी २७ गते हुँदैछ। फाइनल खेलको दिन चर्चित गायिका इन्दिरा जोशीको सांगीतिक प्रस्तुति हुने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.