१० खेलाडीमा सीमित पराग्वेसँग हार व्यहोर्दा टर्कीको विश्वकप यात्रा सकियो

१० खेलाडीमा सीमित पराग्वेसँग हार व्यहोर्दा टर्कीको विश्वकप यात्रा सकियो
सुन्नुहोस्

काठमाडौ‌ : फिफा विश्वकप–२०२६ को समूह ‘डी’ को खेलमा पराग्वेसँग १–० ले पराजित  हुँदा टर्कीको विश्वकप यात्रा टुंगिएको  छ । सनफ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा पराग्वेले खेलको दोस्रो मिनेटमा नै गोल गरेको हो । पराग्वेको लागि माटियास गालार्जले गोल गरेका हुन् । यो गोल नै निर्णायक रह्यो । 

खेलको पहिलो हाफको सुरुमा नै गोल व्यहोरेपछि टर्कीले निकै आक्रमक खेल्यो । जसका कारण खेलको बीचमा भनाभन पनि भयो । खेलको पहिलो हाफ तवानपूर्ण रह्यो । खेलको पहिलो हाफमा थप गरिएको ६ मिनेटको तेस्रो मिनेटमा पराग्वेका जर्सी नम्बर १० का मिगुएल एल्मिरोनले रातो कार्ड पाए। उनले टर्कीका खेलाडीसँग भनाभनको अवस्था हुँदा हातले मुख छोप्दै केही भनेपछि उनले रातो कार्ड पाएका हुन् । फिफाको नियम अनुसार खेलाडीले बहसका क्रममा विपक्षी खेलाडीलाई मुख छोपेर केही भनेको पाइएमा कार्ड दिइन्छ । 

null

खेलको ६२ औं मिनेटमा टर्कीको हेडर पराग्वेका गोलकिपरले सहजै नियन्त्रणमा लिए । पहिलो हाफबाट नै निरन्तर गोलको प्रयासमा जुटेको टर्कीले अन्तिम समयमा पनि गोल गर्न सकेन । यो खेलमा निकै तनाव रह्यो । दुवै टोलीको लागि यो खेल प्रतिष्ठको लडाइँ थियो । जसका कारण पराग्वे र टर्की दुवै टोलीको प्रशिक्षकले पनि पहेंलो कार्ड पाएका थिए । फिफा वरियतामा पराग्वेभन्दा १९ स्थान माथि रहेको टर्कीले १० खेलाडीमा सिमित भएको पराग्वेमाथि गोल गर्न सकेन । 

आजको पहिलो खेल समूह ‘डी’ को खेल रहेको थियो । जसमा अमेरिका र अष्ट्रेलियाले खेलेका थिए । जसमा अमेरिकाले अष्ट्रेलियालाई २–० ले पराजित गर्‍यो । दोस्रो खेलमा समूह ‘सी’ को रहेको थियो । जसमा मोरक्कोले स्कटल्यान्डलाई १–० ले पराजित गरेको थियो । तेस्रो खेलमा ब्राजिलले हाइटीलाई ३–० ले पराजित गरेको हो । लगातार २ हार व्यहोर्दै समूह ‘सी’ बाट हाइटी पनि राउन्ड अफ ३२ बाट बाहिरिइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.