सत्य निरुपण तथा मेलमिलासम्बन्धी विधेयक आजै संसदमा दर्ता गर्ने सरकारको निर्णय

सत्य निरुपण तथा मेलमिलासम्बन्धी विधेयक आजै संसदमा दर्ता गर्ने सरकारको निर्णय
सुन्नुहोस्

काठमाडौं : सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन  ऐन २०७१ लाई संशोधन गर्न बनेको विधयेक आज प्रतिनिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको छ । 

बिहीबार बिहान सिंहदरवास्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरी तिमिल्सिनाले अन्नपूर्णलाई जानकारी दिए।

यस्तै फलफूल,तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाइ यथाशीघ्र मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेको  छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनयुद्धमा मारिएकामध्येका ५ हजारको जिम्मा लिन सार्वजनिक अभिव्यक्‍ति दिएपछि उनी विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । 

सर्वोच्चमा प्रचण्डविरुद्धको रिटमा आजबाट सुनुवाइ हुँदैछ ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.