अर्धशतक बनाएर उरा पेभेलियन फर्के, नेपाललाई तेस्रो सफलता

अर्धशतक बनाएर उरा पेभेलियन फर्के, नेपाललाई तेस्रो सफलता
तस्बिर : क्यान
सुन्नुहोस्

नेपालका लागि तेस्रो विकेट सन्दीप लामिछानेले लिएका हुन्।

काठमाडौं : नेपालविरुद्ध २९८ रनको लक्ष्य पछ्याइरहेको पपुवा न्युगिनी (पीएनजी)ले १५औं ओभरमा तीन विकेट गुमाएको छ। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दोस्रो विकेट लिएका हुन्।

यसअघि दीपेन्द्र र आसिफ शेखले रन आउटमार्फत एक र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए। नेपालका लागि तेस्रो विकेट सन्दीप लामिछानेले लिएका हुन्।

पीएनजीका टोनी उरा ४४ बलमा ९ चौकासहित ५० रनको अर्धशतकीय इनिङ खेलेर सन्दीपको बलमा आरिफको हातबाट क्याच भए। यस्तै, किप्लिन डोरिगा २६ तथा सेसे बाउ तीन रनमा पेभेलियन फर्के।null

आशिफ शेखको शतकीय इनिङप्रेरित नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर दुई सय ९७ रनको योगफल तयार गरेको थियो।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको हालसम्मकै उच्च योगफल हो। नेपालका लागि ओपनर आसिफ शेखले एक सय १० बलमा १२ चोका र दुई छक्कासहित एक सय १० रनको शानदार इनिङ खेले।

यस्तै, अर्का ओपनर कुशल भुर्तेल ५६ बलमा ६ चौहासहित ४५ रन जोडेर आउट हुँदा कप्तान रोहित पौडेलले ३० रन जोडे।

भीम सार्की ३८ बलमा चार चौकासहित ४४ रन बनाएर आउट हुँदा सोमपाल कामी चार रनमा अविजित रहे।

पीएनजीका लागि सेमो कामेयाले ९.१ ओभरमा ३८ रन खर्चैर सर्वाधिक पाँच विकेट लिए। यस्तै, रिले हेकुरेले तीन तथा अलेई नाओले एक विकेट लिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.