जाजरकोटमा बढ्दो आत्महत्या

जाजरकोटमा बढ्दो आत्महत्या
सुन्नुहोस्

जाजरकोट : भेरी नगरपालिका–६ का वडाध्यक्ष शशीराम बुढाकी श्रीमतीले घरमै केही दिनअघि आत्महत्या गरिन्। केही महिना पहिले बारेकोट गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी अधिकृत छैटौं पदमा कार्यरत स्वास्थ्यकर्मी वीरराज सिंहकी छोरी १८ बर्षिया सुजाता सिंहले पनि सदरमुकाम खलंगास्थित घरमै आत्महत्या गरिन्। यी त केही प्रतिनिधिमूलक घटनामात्र हुन्।

पछिल्लो समय जाजरकोटमा आत्महत्या गर्नेको संख्या बढेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार चालू आर्थिक वर्ष हालसम्म ९ जनाले आत्महत्या गरेका छन्। जसमा ५ महिला ३ पुरुष र १ बालक छन्। पछिल्लो ६ वर्षमा ७२ जनाले आत्महत्या गरेका छन्। 

समग्र तथ्यांकमा झुन्डिएर आत्महत्या गर्नेहरूको संख्या बढी रहेको छ। आर्थिक वर्ष २०७४÷७५ मा ५ जनाले आत्महत्या गरेका थिए। जसमा एकजना पुरुष र ४ जना महिलाले आत्महत्या गरेका थिए। आर्थिक २०७५÷७६ मा ७ जनाले आत्महत्या गरेका छन्। जसमा २ महिला ४ पुरुष र १ जना बालक छन्।

त्यसैगरी आव २०७६÷७७ मा ५ जनाले आत्महत्या गरेका छन्। जसमा एक पुरुष ३ महिला र एक बालक रहेका छन्। आर्थिक वर्ष २०७७÷७८ मा २८ जनाले आत्महत्या गरेका छन्। जसमा १२ जना पुरुष ७ महिला २ बालक ७ बालिका छन्। गत आव २०७८÷७९ मा १७ जनाले आत्महत्या गरेका छन्। जसमा ९ पुरुष ५ महिला १ बालक र २ बालिका रहेका छन्।पछिल्लो ६ वर्षको अवधिमा ७२ जनाले आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक सन्तोष रोकामगरले जानकारी दिए। आत्महत्या गर्नेको संख्या वृद्धि हुँदै जानु निकै गम्भीर विषय रहेको रोेकाले बताए। 

‘जाजरकोटमा आत्महत्याको संख्या बढिरहेको र यसलाई रोक्न प्रहरीले सातवटै पालिकामा तालिमको व्यवस्था गरिरहेको छ’, उनले भने । कम उमेरमै विवाह गर्ने, अशिक्षा गरिबीका कारण आत्महत्याका प्रमुख कारण भएको प्रहरी नायव उपरीक्षक रोकाले बताए। सामान्य घरायसी विवाद, मायाप्रेममा हुने धोका आदिले आत्महत्या गर्नेको संख्या बढी रहेको उनको भनाइ छ। 

आत्महत्या गराउन सक्ने तरिकामा पहुँच घटाउने, मानसिक समस्या भएका बिरामीको उपचार गर्ने विगतका आत्महत्याका प्रयासका कुरा गरेर वर्तमान अवस्थाको मूल्यांकन गर्ने, मिडियाले पनि जिम्मेवारीपूर्वक सामग्री प्रसारण गर्ने कार्यले केही हदसम्म कम गर्न सकिने प्रहरीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.