अमरगढीलाई आगो नियन्त्रण तथा उद्धार सामग्री हस्तान्तरण

अमरगढीलाई आगो नियन्त्रण तथा उद्धार सामग्री हस्तान्तरण
खोज तथा उद्धार सामग्री बुझ्रदै अमरगढी नगरपालिकाका जनप्रतिनिधि । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

डडेल्धुरा : अमरगढी नगरपालिकालाई आगो नियन्त्रा तथा खोज र उद्धारमा काम लाग्ने सामग्री दिइएको छ । करिब ३० लाख पर्ने आगो नियन्त्रण र खोज तथा उद्धारका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको हो ।

जिल्लाकै परशुराम नगरपालिका र आलिताल गाउँपालिका बाढी पहिरोको जोखिम स्थानीय तह हुन् । जिल्ला सदरमुकाम समेत रहेको अमरगढी नगरपालिकाका ५ र ७ नं वडालाई बढी भूकम्पीय जोखिम वडा हुन् । 
अमरगढी नगरपालिकालाई २७ प्रकारका आगो नियन्त्रण गर्न आवश्यक सेफ्टि उपकरण र अमरगढी कै वडा नं. ५ र ७ लाई खोज तथा उद्दारमा आवश्यक पर्ने ४५ प्रकारका सामग्रीहरु उपलब्ध गराइएको छ ।

अमरगढी नगरपालिका वडा नं. ५ र ७ मा सञ्चालित युएसआइडीको सुपर परियोजनाले २९ लाख ७५ हजार रुपैयाँ बराबर पर्ने आगो नियन्त्रक र खोज तथा उद्दारका सामग्री उपलब्ध गराएको हो ।
विपतका बेला आवश्यक पर्ने २७ प्रकारका खोज तथा उद्धारमा काम लाग्ने सामग्री दिइएको हो । भूकम्पीय जोखिममा रहेको जिल्ला सदरमुकामको अमरगढी नगरपालिकालाई आगो नियन्त्रण र खोज तथा उद्दारका लागि आवश्यक सामग्री उपलब्ध हस्तान्तरण गरिएको छ । 

आगो नियन्त्रणका लागि फायर फाइटिङ्ग सुट, हेल्मेट, बुट, टर्च, अक्सिजन मास्क, सेफ्टी ग्लास, सिँढी, फायर स्ट्रिङ्गरिसर्ट, फायर बल, फायल ब्ल्यांकेट, फयर रेक्स्यु रुफ, दमकलका लागि आवश्यक पाईप, नुजल लगायतका सामग्री १७ लाख ७५ हजार रुपैयाँमा अमरगढी नगरपालिकालाई उपलब्ध गराएको युएसआईडीका सुदूरपश्चिम संयोजक प्रगती भट्टराईले जानकारी दिइन् । 

यस्तै प्रारम्भिक खोज उद्दारका लागि गैडी, बेल्चा, घन, सब्बल, मिप्याड, सेफ्टि बेल्ड, क्याबिना, थ्रोब्याग, बोकेट, ईलेक्ट्रिक आरी, डोरी, हेल्मेट, ग्लोब्ज, बुट, स्टेचर लगायत प्राथमिक उपचारका गरि लागि १२ लाख रुपँयाँ लागतका सामग्री वडा कार्यालयलाई उपलब्ध गराइएको रुडुक डडेल्धुराद्धारा संचालित सहरी विपद तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर) ले जनाएको छ ।

परियोजनाले दुईवटै वडामा चार सयको संख्यामा प्रकोप उद्धार स्वयम् सेवक समेत तयार गरेको बताएको छ। समुदायका युवाहरूलाई प्राथमिक उपचार, खोज तथा उद्दारको तालिम सञ्चालन गरी स्वयम् सेवकहरु बनाएको रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर बहादुर साउदले जानकारी दिए । भूकम्पीय जोखिम,व्यवस्थापन, आगो नियन्त्रण, विपद जोखिम र व्यवस्थापनबारे समुदायमा समेत परियोजनाले सचेतनाका कार्यक्रम पनि गर्दै आएको छ ।

सिंगो नेपाल नै भूकम्पीय जोखिममा रहेकाले अमरगढी नगरपालिका समेत अछुतो नरहने भएकाले आगो नियन्त्रण र खोज तथा उद्दारम काम लाग्ने सामग्री उपलब्ध गराउँदा विपदका बेला निकै राहात पुग्ने अमरगढी नगर प्रमुख डिल्लीराज जोशीले बताए । विपदका बेला खरिद गर्दा समेत आवश्यक सामग्री नपाउने अवस्थामा परियोजनाले आगो नियन्त्रण र खोज तथा उद्दारका सामग्री उपलब्ध गराउनु सरहानीय कार्य भएको बताए ।

विपदका बेला नेपाली सेना,प्रहरी घटना स्थल पुग्दा स्थानीय स्तरमा बनाइएका स्वयं सेवकहरू विपद व्यवस्थापनमा खटिदा उद्धार गर्नमा सहज हुने जनाइएको छ । खतरा जति बेला पनि हुनसक्छ । यसलाई न्युनिकरण गर्न र क्षतिबाट जोगाउन यस किसिमका सामाजिक कार्यहरूले ठूलो राहात हुन प्रमुख जिल्ला अधिकारी बताउँछन् । 

स्थानीय तह,गैर सरकारी संस्थालगायत जिल्ला विपद व्यवस्थापन समितिसँग भएका विपद व्यवस्थापन सामग्रीहरूको लेखाजोखा राखी तयारी अवस्थामा रहनुपर्ने प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद व्यवस्थापन समिति संयोजक विश्वराज न्यौपानेले बताए । 

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.