प्रधानमन्त्रीविरुद्धको मुद्दा सामान्य होइन : श्रेष्ठ

प्रधानमन्त्रीविरुद्धको मुद्दा सामान्य होइन : श्रेष्ठ
सुन्नुहोस्

उनले उपराष्ट्रपति चुनाव सकिए लगत्तै सरकारको विस्तार एवं पुनर्गठन हुने जानकारी दिए।

नवलपरासी : माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दा सामान्य रुपमा नलिएको बताएका छन्। बुटवल-नारायणगढ सडक विस्तारको अनुगमन गर्न शुक्रबार नवलपरासी आएका श्रेष्ठले पत्रकारहरुसँग आफुहरूले ठूलो रूपमा पनि नलिएको र सामान्य रूपमा पनि नलिएको बताएका हुन्।।

‘प्रधानमन्त्री प्रचण्डविरुद्ध जुन बेहोरामा मुद्दा दर्ता भएको छ, त्यो स्वाभाविक छैन।’ उनले भने,‘तर सत्यनिरूपण तथा मेलमिलाप, वेपत्ता छानबिन जस्ता आयोगहरूले समयमै पूर्णता पाएर संक्रमणकालीन न्यायको काम छिटै सम्पन्न होस् भन्ने अदालतको सदासयता हो भने हामीले सो सम्बन्धि विधेयक संसदमा टेबुल गरिसकेका छौं।'

उनले उपराष्ट्रपति चुनाव सकिए लगत्तै सरकारको विस्तार एवं पुनर्गठन हुने जानकारी दिए। उनले पार्टीबाट पठाइएका मन्त्रीहरूलाई अहिले नै फिर्ता बोलाउनेबारे आफूहरूले केही नसोचेको बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.