कृषि फर्ममा आगलागी हुँदा ४४ लाख ६ हजार बराबरको क्षति
![कृषि फर्ममा आगलागी हुँदा ४४ लाख ६ हजार बराबरको क्षति](https://annapurnapost.prixacdn.net/media/albums/genericfire2-58d66c7bb82f20.66176848_QwhBeKjxDX.jpg)
उदयपुर : उदयपुरको एक कृषि फर्ममा आगलागी हुँदा ४४ लाख ६ हजार बराबरको क्षति भएको छ।
जिल्लाको रौतामाई गाउँपालिका-५ डुडेमा मान बहादुर कटुवालले सञ्चालन गरेको 'रौता राकुली कृषि तथा पशुपन्छी फर्म'मा आगलागी भएको हो।
विद्युत्त सर्ट भई आगलागी हुँदा फर्म भित्र रहेका बाख्रा, खसी, बोका र पाठापाठीसहित फर्म पूर्ण रूपमा जलेको छ। विभिन्न जातका बाख्रा, खसी र पाठापाठी गरी ११० वटा जलेका प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)