बलवामा आगलागी, दुई जना घाइते

बलवामा आगलागी, दुई जना घाइते
सुन्नुहोस्

बर्दिबास: महोत्तरीको बलवामा भएको आगलागीमा परेर दुई जना घाइते भएका छन्।  शनिबार दिउँसो बलवा नगरपालिका वडा नं. ४ परौलटोलको रामसागर यादवको फुसको घरमा आगलगी हुँदा स्थानीय ५२ वर्षीय जयकरण यादव र ५० वर्षीया चन्द्रदेवी घाइते भएको प्रहरीले जानकारी दिएको छ।

 
जयकरणको अवस्था सामान्य भएको र जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ। त्यस्तै चन्द्रदेवीको स्वास्थ्य अवस्था गम्भीर रहेकोले थप उपचारको लागि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
 
आगलागीबाट सरसमानसहित ८० हजार बराबराको क्षति भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तोष पोखरेलले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.