जीतपुरसिमरा गोल्डकप चैत्र दोस्रो सातादेखि

जीतपुरसिमरा गोल्डकप चैत्र दोस्रो सातादेखि
सुन्नुहोस्

ए डिभिजनका पाँचसहित १० टिमको सहभागिता रहने प्रतियोगिता यस वर्षपनि फ्लड लाइटमुनि हुने भएको छ।

सिमरा : जगदम्बा जीतपुरसिमरा गोल्डकपको १३ औं संस्करण चैत्र दोस्रो साता सुरु हुने भएको छ। आयोजक नव जनजागृति युवा क्लबले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता चैत्र ९ गतेदेखि सुरु हुने जानकारी गराएको हो। 

ए डिभिजनका पाँचसहित १० टिमको सहभागिता रहने प्रतियोगिता यस वर्षपनि फ्लड लाइटमुनि हुने भएको छ। पछिल्लो दुई संस्करणदेखि आयोजकले रात्री समयमा प्रतियोगिताको आयोजना गर्दै आएको छ। 

गर्मी मौसमलाई ध्यानमा राख्दै रात्री समयमा आयोजना हुन लागेको प्रतियोगितामा साविक विजेता न्युरोड टिम एनआरटी, विभागिय टिम एपीएफ क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाईज युनाईटेड, सातदोबाटो युथ क्लब, मोफसलका केबिए ग्लोबल बिएफसी चितवन, मकवानपुर ११, बागमती युवा क्लब, वीरगन्ज युनाइटेड क्लब र आयोजकको सहभागिता रहने जनजागृति क्लबका अध्यक्ष शम्भुसिंह ठकुरीले जानकारी दिए। 

एन्फाले तय गरेको क्यालेण्डरअनुसार आयोजकले प्रतियोगिताको तयारी गरिरहेको छ। प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद प्राप्त गर्नेछन्। यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्दा विधागततर्फका उत्कृष्ट र उदयीमान जनही १५ हजार प्राप्त गर्ने महासचिव ठकुरीले बताए। 

प्रतियोगिता सफल बनाउन जीतपुरसिमरा उपमहानगरपालिकाले अघिल्लो वर्षजस्तै २५ लाख रुपैया सहयोग गर्ने भएको छ। यसैगरी प्रतियोगितालाई यस वर्ष पनि जगदम्बा स्टील्स् प्रालिले मुख्य प्रायोजन गर्ने भएको छ। 
१२ औं संस्करणदेखि प्रतियोगितामा जोडिएको जगदम्बा स्टील्स्ले यस वर्षपनि सम्झौतालाई निरन्तरता दिने भएको हो। 

पत्रकार सम्मेलनमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले गोल्डकप सफल बनाउन स्थानीय सरकार सधै तत्पर रहेको बताए। उपमहानगरपालिकाले गोल्डकपलाई गर्दै आएको सहयोगलाई निरन्तरता दिँदै जाने बताए। 

चैत्र १८ गतेसम्म संचालन हुने प्रतियोगिताको तयारी र मैदान व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको आयोजक क्लबले जनाएको छ। सुर्य नेपाल प्रालिको सहयोगमा यस वर्ष फ्लड लाइटको क्षमता समेत विस्तार गरिएको छ। अघिल्ला वर्षमा देखिएका प्राविधिक कमजोरीलाई सुधार गर्दै १३ औं संस्करणको तयारी गरिरहेको क्लबले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.