निर्वाचन अधिकृतले दिए राजीनामा

निर्वाचन अधिकृतले दिए राजीनामा
सुन्नुहोस्

बागलुङ: धवलागिरि बहुमुखी क्याम्पसका स्ववियू निर्वाचन अधिकृत भक्तिराम न्यौपानेले राजीनामा दिएका छन्। विद्यार्थी संगठनहरुले तालाबन्दी गरेपछि समयमै निर्वाचन गराउन नसकेपछि निर्वाचन अधिकृत न्यौपानेले मंगलबार साँझ पदबाट राजीनामा दिएका हुन्। 

क्याम्पसमा विकसित विभिन्न घटनाक्रमले गर्दा प्रभावित हुन गएको र निर्धारित समयमा चुनाव गर्ने वातावरण नभएकोले राजीनामा दिएको उनले उल्लेख गरेका छन्। 

null

चैत ५ गते हुने स्ववियू निर्वाचनको लागि २७ गते मनोनयन दर्ताको समय रहेपनि २५ गते नै बामपन्थी विद्यार्थी संगठनहरुले विद्यार्थीको फर्जी परिचयपत्र भेटिएको भन्दै निर्वाचन कार्यालयमा तालाबन्दी गरेका थिए। 

अनेरास्ववियू, अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी बहुमत, अखिल क्रान्तिकारी ‘विप्लव’, अखिल संयुक्त प्यानलले स्ववियू निर्वाचन घोषणापछि क्याम्पस प्रशासनले भर्ना गरेका नयाँ विद्यार्थीहरुको विषयमा छानविन गरिनुपर्ने, निर्वाचन निष्पक्ष र शान्तिपुर्ण ढंगले सम्पन्न गर्नको लागि क्याम्पस प्रशासनले फर्जी परिचयपत्रको छानविन गरी असंम्बन्धित विद्यार्थीहरुलाई मतदाता सुचिबाट हटाउनुपर्ने र क्याम्पस प्रशासनले निर्वाचन प्रयोजन लागि सहायक क्याम्पस प्रमुखको एकल हस्ताक्षर भएको अस्थायी परिचयपत्र जारी गर्नुपर्ने र स्ववियूले ६ वर्षसम्मको आर्थिक र प्रगति प्रतिवेदन प्रस्तुत गर्नुपर्ने माग गरेर तालाबन्दी गरेको अनेरास्ववियू धवलागिरी क्याम्पसका अध्यक्ष अनिल शर्माले बताए। 

विद्यार्थी संघठनले ताला लगाएपछि मनोनयन दर्ता रोकिएको थियोभने त्यस यताका कुनै पनि निर्वाचन गतिविधि हुन पाएका थिएनन्। बाम विद्यार्थी संगठनहरुले लगाएको ताला मंगलबार नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताले उक्त ताला फोडेका छन्।

नेवि संघले ताला फोडेपछि बामपन्थी विद्यार्थी संघठन र नेवि संघले नारा जुलुस गरेका थिए। 

तोकिएको मनोनयन तालिकामा प्रकृया नथालेको भन्दै सोमबार साँझ क्याम्पस प्रमुख डा.रामप्रसाद उपाध्याय र निर्वाचन अधिकृत भक्तिराम न्यौपानेसहितको टोलीलाई उनीहरूले क्याम्पसमा ताला लगाएर थुनिदिएका थिए। स्ववियुका सहसचिव सुजन सापकोटा संयोजक रहेको संयुक्त विद्यार्थी समूहले ताला लगाएको र केहि समयपछि ताला खोली दिएका थिए। 

मंगलबार ताला फोडिएपछि क्याम्पस प्रशासनले विद्यार्थीहरुको माग र निर्वाचनको बारेमा विद्यार्थी संगठनहरुसँग छलफलको वातावरण बनाइ रहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.