चितुवाको आक्रमणबाट पोखरामा दुईजना घाइते
पोखरा : कालिज फार्ममा पसेको चितुवाको आक्रमण गर्दा पोखरा १८ मा दुईजना घाइते भएका छन् । भकुण्डेमा ध्रुव थापाले चलाइरहेको कालिज फार्ममा बुधबार बिहान चितुवा पसेर त्यहाँका कामदारलाई आक्रमण गरेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी वेद जोशीले जानकारी दिएका छन् ।
जोशीका अनुसार कास्की रुपा गाउँपालिका ४ बस्ने २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र ३२ वर्षे राजेश तिमिल्सिना चितुवाको आक्रमणबाट घाइते भएका हुन् । चितुवा फार्मबाट बाहिर निस्कने क्रममा उनीहरूमाथि आक्रमणमा उत्रिएको थियो । उनीहरूको गालामा चितुवाले चिथोरेको र उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी पनि जोशीले दिएका छन् ।
चितुवा खोज्दा मृत अवस्थामा झाडीमा भेटिएको पनि प्रहरीले जनाएको छ । मृत चितुवा प्रहरीले जिल्ला वन कार्यालय कास्कीलाई जिम्मा लगाएको छ ।