पोखराको बाटुलेचौर क्षेत्रका स्थानीय आन्दोलनमा

पोखराको बाटुलेचौर क्षेत्रका स्थानीय आन्दोलनमा
सुन्नुहोस्

पोखराः राष्ट्रिय गौरवको आजोजना पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत पोखराको भैंसे-ज्याम्दुबाट जौबारी-याम्दीपुलसम्मको सडक निर्माण कार्य रोकिएको छ। 

पोखरा महानगरपालिका वडा नम्बर १६ का स्थानीयले आप्नो घरबार नै उठ्ने गरी पूर्व जानकारी नदिइ राजमार्ग बनाउन रेखाङ्कन गरिएको भन्दै आन्दोलन गरेपछि निर्माण कार्य अघि बढ्न नसकेको हो । 

स्थानीयको आन्दोलनपछि पुष्पलाल राजमार्ग योजना कार्यालयल कुश्म, पर्वतले वडा कार्यालय १६ लाई पत्रचार गरी  विवाद समाधान भएपछी मात्र निर्माण कार्य अघि बढ्ने व्यहोराको पत्र चैत १ गते पठाएको छ । 

मध्यपहाडी राजमार्गको भैंसे-ज्याम्दु-मेलबोट-पानीघाट-आंटीघर-अर्मलाकोट-कालीखोलापुल-अमलाबिसौनी-लामाचौर-जौबारी-याम्दीपुलसम्मको निर्माण कार्यको लागि ठेक्का व्यवस्थापन भएर पुष्पलाल राजमार्ग योजना कार्यालयल कुश्म, पर्वतलाई निर्माणको लागि हस्तान्तरण भएको अवस्थामा स्थानीय आन्दोलनमा उत्रिएका हुन्। 

स्थानीयले पोखरा १६ को वडा कार्यालयमा दुई घण्टा ताला लगाएर धर्ना दिएका थिए ।

२०७८ फागुन २६ गतेको मन्त्रिपरिषद्को बैठकले पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत पोखराको भैंसे-ज्याम्दुबाट जौबारी-याम्दीपुलसम्मको सडकको रेखांकन स्वीकृत गरेको थियो। यो खण्डमा सडक निर्माणको काम अघि बढाउने तयारी हुँदै गर्दा स्थानीयले रेखांकनकै विरोध गरेर आन्दोलनमा उत्रिएपछि समस्याको समाधान भएपछि मात्र निर्माण कार्य अघि बढाउने गरी रोकीएको आयोजनाले जनाएको छ।
 
राज्यले स्थानीयलाई जानकारी नदिइ घरबार नै उठ्ने गरी राजमार्गकालागि रेखांकन गरेकोले आन्दोलनमा उठ्नु परेको पुष्पलाल(मध्यपहाडी) राजमार्ग आयोजना पीडित संघर्ष समिति पोखरा १६ का सचिव सन्दीप थापाले बताए। 

वडा कार्यालयले स्थानीयलाई जानकारी समेत नदिइ रेखांकनकालागि सिफारिस गरेको स्थानीयको आरोप छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.