पर्यटन प्रवर्द्धनका लागि ७७ जिल्ला पैदल भ्रमण

पर्यटन प्रवर्द्धनका लागि ७७ जिल्ला पैदल भ्रमण
७७ जिल्लाको पैदल यात्राको सुरुवात गर्दै यात्री देवराज उपाध्याय। ​​​​​​​
सुन्नुहोस्

डडेल्धुरा : सुदूरपश्चिमका पर्यटकीय स्थलको प्रचार–प्रसारका लागि एक युवकले ७७ जिल्लामा पैदल यात्रा गर्ने भएका छन्। कैलाली गौरीगंगा नगरपालिका–४ का ३७ वर्षीय देवराज उपाध्यायले बुधबारदेखि डडेल्धुराको सदरमुकाम बागबजारबाट ७७ जिल्लाको पैदल यात्रा सुरु गरेका हुन्। 

सुदूरपश्चिमको धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसार हुन नसकेको र यस क्षेत्रको पर्यटकीय गन्तव्यहरूमा सरकारको ध्यान पुग्न नसकेको भन्दै उनले, सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरूको तस्विरहरू समेटेको ब्यानर सहित पैदलयात्रा सुरु गरेका हुन्।

पैदलयात्राबाट ७७ ओटै जिल्ला घुमिसकेपछि काठमाडौंमा पर्यटन मन्त्रीलाई भेटी एक पटक सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय गन्तब्यहरूको भ्रमण गर्नका लागि अनुरोध गर्ने उनले बताए। उनले पर्यटन मन्त्रीलाई सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरूको विकासका लागि पहल गरिदिन पनि मन्त्रीलाई अनुरोध गर्ने बताए।

उनले आफ्नो यात्रा १० महिनादेखि १ वर्षभित्र टुंग्याउने बताए। उपाध्यायले आफ्नो पैदलयात्राको पहिलो रुट डडेल्धुराबाट बैतडी, दार्चुला, बझाङ, अछाम, बाजुरा हुँदै हुम्ला हुँदै मध्यपहाडी जिल्लामा रहने बताए। त्यसपछि मात्रै उनले पूर्वी तराईबाट सुरु गरी सुदूरपश्चिमको कञ्चनपुरमा आफनो यात्राको समापन गर्ने योजना रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.