पोषण मैत्री वडा घोषण हुँदै

पोषण मैत्री वडा घोषण हुँदै
सुन्नुहोस्

डडेल्धुरा: जिल्ला सदरमुकाम रहेको अमरगढी नगरपालिका वडा नम्बर १० लाई शुक्रबार पोषणमैत्री वडा घोषणा गरिने भएको छ। 

बिहीबार अमरगढी नगरपालिकाले पत्रकार सम्मेलन गर्दै भोलि देश कै पहिलो पोषण मैत्री वडा नं १० लाई घोषणा गर्न लागेको जनाएका हुन्।
 

झण्डै साढे दुई वर्ष अगाडि थालिएको अभियान विभिन्न सुचांकले अहिले आएर पुरा हुनका साथै सफल भएको जनाउँदै भोलि एक कार्यक्रमका बीच पोषणमैत्री वडा घोषणा गर्न लागिएको हो।

अमरगढी नगरपालिकाले युरोपियन युनियन, युनिसेफ, युएसएआइडी र सुआहारासँग सहकार्य गर्दै ०७६ साल भदौदेखि थालेको अभियानअन्तर्गत वडा नम्बर १० लाई शुक्रबार पोषणमैत्री वडा घोषणा गर्न लागेको अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशीले पत्रकार सम्मेलनमार्फत जानकारी दिए।

‘१० नम्बर वडालाई पोषणमैत्री घोषणा गरिसकेपछि क्रमस: अन्य वडालाई पनि सोही अभियानमा लैजान्छौं,’ मेयरले भने,  ‘त्यसपछि नगरपालिकालाई नै पोषणमैत्री बनाउने हाम्रो लक्ष्य छ।’ 

त्यस अभियानलाई पुरा गर्न स्वास्थ्य शाखा र कार्यापालिका लागि परेको छ।

अमरगढी नगरपालिका वडा नम्बर १० का अध्यक्ष खेमराज भट्टले पोषणमैत्री वडाका लागि ७६ वटा सूचक पूरा गर्नुपर्नेमा सबै सूचक ९० प्रतिशतभन्दा बढी कार्यान्वयन भइसकेकाले पोषणमैत्री वडा घोषणा गर्न लागिएको बताए। 

विभिन्न पोषण युक्त खाना, सुत्केरी महिला को स्याहार सुहार, हजार दिनका आमा र वच्चाको हेरचाह का ससाथै सरसफाई र अन्य सुचाकंले वा पुण भएकाले पूर्ण पोषण मैत्री वडाको अवधारणलाई अघि सारिएको उनले बताए ।

संघीय सरकारले कार्यविधी बनाइसकेपछि देशभरीमै पहिलो वडाका रुपमा अमरगढी नगरपालिकाको वडा नम्बर १० लाई पोषणमैत्री घोषणा गर्न लागिएको अमरगढी स्वास्थ्य शाखा प्रमुख गणेशबहादुर बिष्टले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.