स्कुल बसको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

स्कुल बसको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

मृत्यु हुनेमा भारत मुझफरपुर घर भइ कलैया उपमहानगरपालिका १ मोतिबाघ बस्ने विनोदकुमार सोनारको तीन वर्षीय छोरा कार्तिककुमार साह रहेका छन् ।

सिमराः स्कुलको बसको ठक्करबाट बाराको कलैयामा शुक्रबार ३ वर्षीय बालकको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका १ मोतिबाघस्थित बालमन्दिर नजिक बसले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको हो । 

मृत्यु हुनेमा भारत मुझफरपुर घर भइ कलैया उपमहानगरपालिका १ मोतिबाघ बस्ने विनोदकुमार सोनारको तीन वर्षीय छोरा कार्तिककुमार साह रहेका छन् । वीरगन्ज महानगरपालिका १४ मा रहेको गुरुकुल एकेडेमीको ना२ख ४२१० नम्बरको बसले बालक साहको टाउकोमा किचेको थियो । 

जिल्ला प्रहरी कार्यालयबाट पाँच सय मिटर उत्तरपश्चिमतर्फ रहेको घटनास्थलमा पुगेको प्रहरीले बससहित चालक नन्दकुमार साहलाई नियन्त्रणमा लिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.