आरिफ र आसिफलाई मोटरसाइकल उपहार दिने वीरगन्ज महानगरको घोषणा

आरिफ र आसिफलाई मोटरसाइकल उपहार दिने वीरगन्ज महानगरको घोषणा
सुन्नुहोस्

वीरगन्ज: विश्वकप क्रिकेटमा नेपाललाई आइसीसी विश्वकप क्वालिफायरमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका राष्ट्रिय टिमका दुई खेलाडीलाई वीरगन्ज महानगरपालिकाले जनही एक/एक थान मोटरसाइकल दिने घोषणा गरेको छ।

वीरगन्ज भएका राष्ट्रिय टिमका खेलाडी आरिफ शेख र आसिफ शेखलाई वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले मोटरसाइकल दिने  घोषणा गरेका हुन्।

आईसीसी क्रिकेट विश्वकप लिग २ को बिहीबार भएको युएईविरुद्धको खेलमा ओपनिङ ब्याट्सम्यान आसिफ शेष र अलराउण्डर आरिफ शेषले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै मेयर सिंहले दुवैलाई पुरस्कार स्वरुप एक एक थान मोटरसाईकल दिने घोषणा गरेका हुन् । 

राष्ट्रको शीर उच्च बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीलाई बधाई तथा शुभकामना दिदैं मेयर सिंहले प्रतियोगितामा सहभागी वीरगन्ज घर भएका दुवै जना खेलाडीले प्रदर्शन गरेको खेल वीरगन्जकै लागि गौरबको विषय भएको पनि बताएका छन्।

उनले राष्ट्रका गहनालाई सम्मान र प्रोत्साहन गर्नु सबै तहका सरकारको उत्तिकै दायित्व रहेकाले आफूहरुले वीरगन्जका उर्जावान खेलाडीलाई थप हौसला बढाउन पुरस्कार दिन लागेको बताए।

‘खुशी र गौरवको यो क्षणमा अबका दिनमा अझै राम्रो प्रदर्शनको अपेक्षा गर्दै दुवै खेलाडीलाई थप प्रोत्साहन र हौसला बढाउन महानगरपालिकाको तर्फबाट यामाहा एफजेड एमआई मोटरसाईकल प्रदान गर्ने घोषणा गर्दछु,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.