कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
सुन्नुहोस्

बैठकमा प्रधानमन्त्रीको विस्वासको मत, मन्त्रिपरिषद् विस्तार, पार्टीबाट मन्त्रीको छनोटलगायत विषयमाथि छलफल हुनेछ।

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आइतबार बिहान १० : ३० बजेलाई केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

बैठकमा प्रधानमन्त्रीको विस्वासको मत, मन्त्रिपरिषद् विस्तार, पार्टीबाट मन्त्रीको छनोटलगायत विषयमाथि छलफल हुनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने भएको छ। 

राष्ट्रपतिको निर्वाचनमा प्रचण्डले एमाले नेतृत्वको गठबन्धन तोडेर कांग्रेससँग नयाँ गठबन्धन बनाएसँगै नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन्।  प्रचण्ड नेतृत्व सरकारलाई दिएको समर्थन फिर्तासहित उनीहरु बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.