दाङमा स्ववियु निर्वाचन : निजीमा सहमति, आंगिक र सामुदायिकमा प्रतिस्पर्धा

दाङमा स्ववियु निर्वाचन : निजीमा सहमति, आंगिक र सामुदायिकमा प्रतिस्पर्धा
सुन्नुहोस्

दाङ : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन मिति नजिकिँदै गर्दा दाङमा सरकारी तथा गैरसरकारी क्याम्पस तथा कलेजहरूमा निर्वाचनको सरगर्मी बढेको छ।

आइतबार हुने स्ववियु निर्वाचनका लागि क्याम्पसहरूमा राजनीतिक चहलपहल बढेको छ। जिल्लाका मुख्य क्याम्पसमा चुनावी प्रतिस्पर्धाको तयारी गरिरहेका विद्यार्थी संगठनले निजी क्याम्पसमा भने सहमतिमै नेतृत्व चयन गर्न थालेका छन्। स्ववियु निर्वाचन हुने २६ क्याम्पसमध्ये १९ वटामा सर्वसम्मत नेतृत्व चयन भएको छ।

निजी क्याम्पसमा सहमति गरेका विद्यार्थी संगठनले आंगिक तथा सामुदायिक क्याम्पसमा प्रतिस्पर्धा गर्दै छन्। १९ कलेजमध्ये छवटामा नेविसंघ, पाँचवटामा अनेरास्ववियु, चारवटामा अनेरास्ववियु (क्रान्तिकारी) तीनवटामा अखिल (क्रान्तिकारी) विप्लव र एउटामा राप्रपानिकट विद्यार्थी संघले नेतृत्व पाउने भएको छ।

सहमति अनुसार, नेविसंघले नेतृत्व पाउने कलेजहरूमा अम्बिकेश्वरी कलेज घोराही, पुरन्धारा क्याम्पस बबई, ज्ञानदीप कलेज तुलसीपुर, मेट्रो कलेज तुलसीपुर, स्वर्णिम कलेज लमही र पृथु टेक्निकल कलेज लमही रहेका छन्।

अन्य सातवटा क्याम्पसमा भने विद्यार्थी सङ्गठनले प्रतिस्पर्धा गर्ने भएका छन्। महेन्द्र बहुमुखी क्याम्पस घोराही, राप्ती बबई क्याम्पस तुलसीपुर, ऐरावती बहुमुखी क्याम्पस भालुबाङ, देउखुरी बहुमुखी क्याम्पस लमही, केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुण्डी, जनता संस्कृत विद्यापीठ बिजौरी र नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा भने चुनावी प्रतिस्पर्धा हुने भएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.