दाङका ठूला ४ क्याम्पसमा तालाबन्दी, स्ववियू निर्वाचन प्रभावित

दाङका ठूला ४ क्याम्पसमा तालाबन्दी, स्ववियू निर्वाचन प्रभावित
सुन्नुहोस्

जिल्लाको सबैभन्दा पुरानो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पसमा आज निर्वाचन नहुने भएको छ। अखिल क्रान्तीकारीले क्याम्पसमा तालाबन्दी गरेपछि आजको निर्वाचन प्रभावित भएको छ।

दाङ : स्ववियू निर्वाचन दाङका क्याम्पसहरुमा सहज नहुने देखिएको छ। जिल्लाका पुराना ठूला ४ क्याम्पसमा विद्यार्थी संघ संगठनले तालाबन्दी गर्दा निर्वाचनसमेत अनिश्चित जस्तै बनेको छ। क्याम्पसहरुमा ताला लाग्दा निर्वाचन समेत प्रभावित भएको छ। 

जिल्लाको सबैभन्दा पुरानो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पसमा आज निर्वाचन नहुने भएको छ। अखिल क्रान्तीकारीले क्याम्पसमा तालाबन्दी गरेपछि आजको निर्वाचन प्रभावित भएको छ। त्यस्तै नेपाल संस्कृत विश्व विद्यालयको केन्द्रीय क्याम्पस केन्द्रीय विद्यापिठ र जनता विद्यापिठमा पनि आज निर्वान नहुने भएको  छ। त्यसै गरी पश्चिम दाङकै ठूलो क्याम्पस राप्ती बबई कयाम्पसमा पनि तालाबनदी हुदा निर्वाचन अनिश्चित भएको छ। 

त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय लगायत क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी विद्यार्थी निर्वाचन हुँदैछ। २०६५ सालपछि पहिलो पटक त्रिवि अन्तर्गतका सबै आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा आज निर्वाचन हुन लागेको हो। 

लामो समयपछि हुन लागेको स्ववियू निर्वाचनमा विद्यार्थीको उत्साह देखिए पनि चुनावी मैदानमा रहेका विद्यार्थी संगठनले कतिपय क्याम्पसमा तालाबन्दी गरेका कारण निर्वाचन समेत अन्यौल देखिएको छ। दाङका २६ वटामध्ये १९ वटामा सहमती गरेका छन्। अन्य तीन वटा क्याम्पसमा मात्रै तोकेको समयमा चुनाव हुन लागेको छ। बाँकी चार वटा क्याम्पसमा विवाद उत्पन्न हुँदा चुनावको मिति लम्बिएको छ। 

घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा चैत्र ८ गते निर्वाचन हुने तय भइसकेको छ। क्याम्पसमा तालाबन्दी गरिएको विषयमा अखिल (क्रान्तिकारी) र महेन्द्र बहुमुखी क्याम्पस दाङबीच शुक्रबार सहमति भएपछि स्ववियू निर्वाचन चैत ८ गतेका लागि सारिएको हो। विप्लव निकट अखिल (क्रान्तिकारी)ले स्ववियू निर्वाचनका लागि क्याम्पस प्रशासनले अनाधिकृत रुपमा परिचयपत्र बनाउँदै गरेको भेटिएको भन्दै मंगलबार क्याम्पसमा ताला लगाएको थियो। 

स्ववियू निर्वाचन हुने २६ क्याम्पसमध्ये १९ वटामा भागवण्डा मिलिसकेको छ। ‘१९ वटामा सर्वसम्मतीका लागि भागबण्डा मिलिसकेको छ। भने ‘सातवटा मध्ये तीन वटा क्याम्पसमा मात्रै निर्वाचन हुन लागेको छ।’  १९ वटा क्याम्पसमध्ये ६ वटा नेपाल विद्यार्थी संघको भागमा परेको छ।  यस्तै पाँच वटामा अनेरास्ववियू, चार वटामा अनेरास्ववियू (क्रान्तिकारी) तीनवटामा अखिल (क्रान्तिकारी) विप्लव र एउटामा राप्रपा निकट विद्यार्थी संघको भागमा परेको छ। चार वटा क्याम्पसको भागबण्डा परे पनि अनेरास्ववियू क्रान्तिकारीले शनिबारसम्म तीन वटामा सर्वसम्मत नेतृत्व चयन गरेको छ।

निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवार मनोनयनपत्र दर्ता गरिएको थियो। अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। स्ववियू निर्वाचनका लागि दाङसहित देशभरका ६२ आङ्गिक र एक हजार ४० क्याम्पसमा एकै साथ बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने भएको छ।

राप्ती बबइमा विद्यार्थी आन्दोलित 

निर्वाचनको पूर्व सध्यामा राप्ती बबइ क्याम्पसमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन्। नेपाल विद्यार्थी संघले निर्वाचन कार्यालयमा र अनेरास्ववियूले क्याम्पस प्रशासनमा तालावन्दी गरेका हुन्। चुनावी विषयसँग अन्य विषय जोडेर राप्ती बबइमा तालाबन्दी गरिएको विद्यार्थी संगठनहरुले बताएका छन्। 

उनीहरुबिच प्रत्यक्ष मतपत्रमा संगठन खुलाउने र नखुलाउने विषयमा विवाद भएको थियो । त्यो सहमति हुन नसकेपछि विद्यार्थी संगठन आन्दोलित भएका हुन्। 

यस्तै नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी संयूक्त गठनवन्धनका उम्मेदवारहरुले क्याम्पसमा विद्यार्थीहरुको परिचय पत्र फर्जी रहेको र सो को चुस्त दुरुस्त छानविनको माग गरेका छन्। भने मत पत्रमा गठबन्धन गरेको विद्यार्थी संगठनको नाम समेत राख्ने माग नेपाल विद्यार्थी संघ राप्ती बबइ क्याम्पसले राखेको सभापति भिमार्जन बस्नेतले बताए त्यो नभएपछि तालाबनदी गर्नु परेको सभापति बस्नेत र सचिब डिमन गिरीले प्रेस बिज्ञप्ति जारी गरेर क्याम्पसमा परिचय पत्र फर्जी रहेको र सो को चुस्त दुरुस्त छानविन नहुँदासम्म ताला नखोल्ने बताएका छन्।

यसैबीच स्ववियू निर्वाचनमा संलग्न विद्यार्थी संगठनहरुबीच मतपत्र सम्बन्धी फरक-फरक धारणा रही सहमति जुट्न नसकेका मतदान स्थगित भएको निर्वाचन अधिकृत टेकनप्रसाद कँडेलले जानकारी दिए। उनले अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि मतदान स्थगित गरिएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.