राजनीतिक दल एक ठाउँमा उभिएर परिणाम दिनुपर्छ

विश्वासको संकट

राजनीतिक दल एक ठाउँमा उभिएर परिणाम दिनुपर्छ

विश्वासको संकट
सुन्नुहोस्

आर्थिक, सांस्कृतिक र सामाजिक परिवर्तनका सन्दर्भमा सोचेजति उपलब्धि हासिल गर्न सकेका छैनौं भन्ने आरोप हामीमाथि छ। जसमा कतिपय कोणबाट प्रश्न उठेका छन्।

जनताले जनताका लागि संविधान बनाए। ७० वर्षदेखिको जनताको भावना र चाहनाले संविधान सभाको बाटोबाट मूर्तरूप प्राप्त गर्‍यो। हामीले राम्रो र समझदारीको संविधान बनायौं। सभाध्यक्ष मैले त्यसबेला आशंका र सर्तकतातिर संकेत गर्दै भनेको थिएँ, संविधान जति राम्रो भए पनि त्यसले बुद्धि, विवेक र क्षमता बाँड्दैन। दल र दलका नेताले नै कार्यान्वयनको बुद्धि, विवेक र क्षमता प्रदर्शन गर्न सक्नुपर्छ। संविधान बनेपछि दोस्रोपटक आमनिर्वाचन सम्पन्न भयो। यसबीच धेरै घटनाक्रम भए।

कति हदसम्म बुद्धि, विवेक र क्षमता प्रदर्शन गर्न सक्यौं भन्ने जनताको प्रश्न छ। प्रश्न उठाइरहेकै छन्। त्यसो त कतिपय सुखद् पक्षमा पनि हाम्रा काम छन्। उदाहारणका लागि, जनतालाई राजनीतिक अधिकारसम्पन्न बनाउने महत्त्वपूर्ण काम भएको छ। अब जनताको आशीर्वाद लिएर जोसुकै संसद्मा पुगेर जुनसुकै प्रकारको राजनीतिक परिवर्तन गर्न सक्ने भएको छ। अब राजनीतिक अधिकारका लागि आन्दोलन गर्नु पर्दैन। हामीले संविधान बनाउँदै, कार्यान्वयन गर्दै त्यो ठाउँमा पुर्‍याएका हौं। जुन महत्त्वपूर्ण उपलब्धि हो।

छोटो अवधिमा यही सरकारले अर्को विश्वासको मत लिने संघारमा छ। यो सबै स्थिति के सुखद् हो ? पक्कै होइन। यसले धेरैले प्रश्न उब्जाएको छ।

आर्थिक, सांस्कृतिक र सामाजिक परिवर्तनका सन्दर्भमा सोचेजति परिवर्तन गर्न सकेका छैनौं भन्ने आरोप हामीमाथि छ । जसमा कतिपय कोणबाट प्रश्न उठेका छन्। २०७९ मंसिर ४ मा दोस्रोपटक संघीय संसद्को निर्वाचन सम्पन्न भयो। केही अघि वैशाखमा स्थानीय तहको निर्वाचन पनि। भखरै राष्ट्रपति, उपराष्ट्रपति, सभामुखको निर्वाचन सकिएको छ। यी सबै सुखद् पक्ष हुन्। तर, यति हुँदाहुँदै पनि जनताले अपेक्षा गरेका काम गर्न सकेका छौं वा छैनौं ? कतिपय प्रसंगमा जनता निराश हुने काम त भएका छैनन् ? प्रश्न उठिरहेकै छन्। यो छोटो समयमै राजनीतिक दलमा विभिन्न घटनाक्रम भए।

दुई महिना अगाडि एक प्रकारको गठबन्धन थियो। निर्वाचन गरिरहँदा एउटा गठबन्धन थियो। निर्वाचनपछि अब नयाँ ढंग देश अघि बढ्छ भनिरहँदा अर्को गठबन्धन बन्यो। त्यो गठबन्धन राम्रोसँग अघि बढ्ला भन्ने आशा जनतामा थियो फेरि त्यो गठबन्धन पनि टुट्यो। अर्को ढंगले देश अगाडि जान अग्रसर रह्यो। छोटो अवधिमा यही सरकारले अर्को विश्वासको मत लिने संघारमा छ। यो सबै स्थिति के सुखद् हो ? पक्कै होइन। यसले धेरैले प्रश्न उब्जाएको छ। यो प्रश्नको जवाफ दलका नेता, कार्यकर्ता र जनतालाई विश्वास हुने किसिमले दिनुपर्छ। यो दलका नेताको चुनौती हो। हामी संविधान, लोकतन्त्र र संसदीय प्रणालीका मूल्य–मान्यतामा हिँड्छौं। भविष्यमा प्रश्न उठ्न दिँदैनौं भन्ने ढंगले जनतालाई आश्वस्त पार्न सक्नुपर्छ। 
राजनीतिक दल र दलका नेता एक ठाउँमा उभिएर परिणाम दिनुपर्छ।

दलबीचमा मतान्तर अवश्य हुन्छ। स्वच्छ प्रतिस्पर्धा होला। यसलाई लोकतन्त्रको सुन्दर पक्ष मान्नुपर्छ। मतान्तर भए पनि स्वच्छ प्रतिस्पर्धाबीच कतिपय विषयमा एक ठाउँ उभिएर अघि बढ्नुपर्छ। अनिमात्र जनताको अपेक्षा पूरा गर्न सकिन्छ। अहिलेसम्म जनताको विश्वास सबै सकिएको छैन। बाँकी विश्वासबाटै हामी उठ्नु छ। यदि विश्वस्त तुल्याउन सकिएन भने यो देशका लागि दुर्भाग्य हुनेछ।

सकारात्मक सोच राख्ने भएकाले देशलाई यो अवस्थामा पुर्‍याउने दलका नेताले देशलाई अप्ठ्यारो परिस्थितिमा जान दिँदैनन् भन्ने विश्वासमा छु। चलिरहेको संसद् संविधान, कानुन र लोकतन्त्रको मूल्यमन्यताको अभ्यासअनुरूप बढ्ने नै छ। यसरी अघि बढेमा पक्कै निष्कर्षमा पुगिन्छ।
(नेम्बाङ एमाले उपाध्यक्ष हुन्।)
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.