जीतपुरसिमरा गोल्डकपको तयारी पूरा

जीतपुरसिमरा गोल्डकपको तयारी पूरा
सुन्नुहोस्

सिमराः मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता जगदम्बा जीतपुरसिमरा गोल्डकपको १३औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। 

चैत्र ९ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि यतिबेला रंगशालामा अन्तिम तयारी भइरहेको छ। 

उद्घाटन समारोहलाई लक्षित गर्दै आयोजक नव जनजागृति युवा क्लबले रंगशालामा मञ्च व्यवस्थापन, प्यारापिट रंगरोगनको काम गरिरहेको छ। 

रंगशालामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले तयारी अन्तिम चरणमा पुगेको समेत जनाएको छ।  

आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाए। लामाका अनुसार प्रतियोगितामा ए डिभिजनका पाँचसहित १० टिमले सहभागिता जनाउने निश्चित भएको छ। 

साविक विजेता न्युरोड कर्नर टिम (एनआरटी), उपविजेता नेपाल एपीएफ क्लब, चर्च ब्वाईज, सातदोबाटो युथ क्लब, हिमालयन शेर्पा क्लब, मोफसलका वीरगन्ज युनाइडेड क्लब, मकवानपुर ११, बागमती युवा क्लब, केबीए ग्लोबल चितवन र आयोजकले प्रतियोगितामा सहभागिता जनाउने छन्। 

चैत्र १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र चितवनबीच हुने भएको छ। 

जीतपुरसिमरा उपमहानगरपालिका मुख्य सहयोगी र जगदम्बा स्टिल्स् प्रालि मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछन्। 

विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल, उत्कृष्ट गोलरक्षक, मिडफिल्ड, डिफेन्स, फरवार्ड, प्रशिक्षक, सर्वाधिक गोलकर्ताले जनही २० हजार प्राप्त गर्नेछन्। 

उदयिमान खेलाडीले नगद १५ हजार पाउने क्लबका महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिए। प्रतियोगिताको सम्पूर्ण खेल फ्लड लाइटमा हुनेछन्। पछिल्लो दुई वर्षदेखि सिमरा रंगशालामा रात्री समयमा खेल भइरहेको छ। गर्मी मौसम र दर्शकलाई लक्षित गर्दै आयोजकले फ्लड लाइटमा खेल सञ्चालन गर्न थालेको हो। 

रात्रिको समयमा खेल हुँदा दर्शकको बाक्लो उपस्थिति हुँदै आएको छ। आयोजकले प्रतियोगिता सञ्चालन गर्न अनुमानित एक करोड ६ लाख रुपैयाँ खर्च हुने जनाएको छ। 

प्रतियोगितालाई जीतपुरसिमरा उपमहानगरपालिका, जगदम्बा स्टिल्स्सहित स्थानीय कलकारखाना, उद्योगी व्यवसायी र स्थानीयले सहयोग गरेका छन्। 

जीतपुरसिमराको पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्नका लागि प्रतियोगिताको महत्वपूर्ण भूमिका रहने भन्दै स्थानीय समेत उत्साहित भएका छन्। 

मोफसलकै प्रतिष्ठित प्रतियोगिताका रूपमा परिचय स्थापित गरेको जीतपुरसिमरा गोल्डकपको खेल हेर्न बारा जिल्लासहित वीरगन्ज, निजगढ, चन्द्रनिगाहपुर, हेटौंडालगायतको सहरबाट दर्शक सिमरा आउने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.