सुनको मूल्य तोलामा दुई हजारले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुन्नुहोस्
Powered by
ONE
काठमाडौं : सुनको मूल्य आज तोलामा दुई हजार रुपैयाँले घटेको छ। अघिल्लो कारोबार दिन मंगलबार ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई हजारले घटेर तोलाको १ लाख ७ हजार ८ सयमा झरेको छ।
तेजावी सुन तोलाको १ लाख ७ हजार ३०० रुपैयाँ कायम भएको छ।
सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर तोलाको १ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
