सुप मातहतका बैतडीका ३ क्याम्पसमा नेविसंघको क्लीन स्विप

सुप मातहतका बैतडीका ३ क्याम्पसमा नेविसंघको क्लीन स्विप
सुन्नुहोस्

बैतडी : सुदूरपश्चिम विश्व विद्यालय मातहतका बैतडीका ३ क्याम्पसमा नेविसंघ विजयी भएको छ। बुधबार भएको स्ववियु चुनावामा सुप विश्वा विद्यालय मातहतका ३ वटै क्याम्पसमा जीत निकाल्दै क्लीन स्वीप गरेको हो। 

मणिलेक क्याम्पस मेलौली, जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानी र पाटन बहुमुखी क्याम्पस पाटनमा कांग्रेस निकट नेविसंघ विजयी भएको हो। मणिलेक क्याम्पस मेलौलीमा स्ववियु सभापतीमा नेवि संघको प्यानलै विजयी भएको छ। 

अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच भएको गठबन्धनलाई पराजित गर्दै नेविसंघको प्यानलै विजयी भएको हो। सभापतिमा नेविसंघका नवराज भट्ट विजयी भएका छन्। उनले ७० मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच भएको गठबन्धनका साझा उम्मेदवार धनीदत्त भट्टले ४४ मत प्राप्त गरे। 

सचिवमा नेवि संघका निरज भट्ट वियजी भए। कोषाध्यक्षमा पनि नेवि संघकै सुशीला नेगी विजयी भइन्। सदस्यमा नेवि संघकै पूजा चन्द, दिनेश सिंह साउँद, सुनिता भट्ट र मनोजदत्त ओझा विजयी भए। 

त्यसैगरी जगन्नाथ बहुमुखी क्याम्पसमा नेवि संघका धनी भट्ट विजयी भए। उनले १२० मत ल्याए। उनका प्रतिद्वन्द्वी अनेरास्ववियका योगेश मौनीले ३६ मतमात्रै ल्याए। 
सचिवमा नेविसंघकै किशोरराज पन्त (११८), कोषाध्यक्षमा ममता भट्ट (११०), सदस्यमा पनि नेविसंघकै गिता बोहरा, ललिता चन्द, र विन्दु कुमारी बडु विजयी भइन्। 

पाटन बहुमुखी क्याम्पसमा नेवी संघकी भागरथी भट्ट विजयी भएकी छन्। अखिल क्रान्तिकारी र नेविसंघको सयुक्त गठबन्धनकी साझा उम्मेदवार समेत रहेकी भागरथी भट्ट विजयी भएकी हुन्। उनले ८९ मत ल्याइन्। उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका निरन्जन पन्तले ७४ मत ल्याए। स्वतन्त्र उम्मेदवार अमरराज भट्टले ५० मत प्राप्त गरे।
 
त्रिबिका ४ क्याम्पसमध्ये २ मा अनेरास्ववियुका प्यानलै विजयी
त्रिवि मातहतका बैतडीका चार वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको छ। दुई क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी भएको छ भने एकमा अखिल क्रान्तिकारी र एकमा नेविसंघ विजयी भएको छ। श्रीकोट बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सभापति शम्भुराज गिरी प्यानलै विजयी भएको थियो। 

त्यसैगरी नवप्रभात संयुक्त क्याम्पसमा पनि अनेरास्ववियुकी सभापति रेखा घटालको प्यानलै विजयी भएको छ। सेटीगाउँ बहुमुखी क्याम्पस गोकुलेश्वरमा अखिल क्रान्तिकारी र अनेरास्ववियुबाट सभापतिका साझा उम्मेदवार मोहन बहादुर बोहरा प्यानल विजयी भएको हो। 

पुर्चौंडी बहुमुखी क्याम्पसको सभापतीमा सनेविसंघकी बागमती कुमारी ऐर निर्वाचित भएकी छन्। सचिवमा पनि नेविसंघका हेमन्त साउँद निर्वाचित हुदा कोषाध्यक्षमा भने अनेरास्ववियुकी गीता भण्डारी विजयी भएकी छन्। 

त्रिबि मातहतका ६ वटा क्याम्पस रहेकोमा २ क्याम्पसमा तलाबन्दीका कारण निर्वाचन हुन सकेन। सिगास शिक्षा क्याम्पस र बैतडी शिक्षा क्याम्पस शाहिलेकमा तालाबन्दीका कारण निर्वाचन हुन सकेन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.