प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि सत्यम र नितालाई

प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि सत्यम र नितालाई
सुन्नुहोस्

धनकुटा : धनकुटामा जारी कोशी प्रदेश स्तरीय तथा खुला दोस्रो धनकुटा कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि पुरुष एकलतर्फ सुनसरीका सत्यम सुब्बा र महिला एकलतर्फ मोरङकी निता लम्सालले जितेका छन्।  

धनकुटा-६ बहुउद्देश्यीय सामुदायिक भवनमा शनिबार सम्पन्न फाइनल खेलमा झापाका प्रनिश सिंह ठकुरीलाई फाइनल सेटमा पराजित गर्दै सुनसरीका सत्यमले उपाधि जितेका हुन्। 

उनले नगद २० हजारसहित मेडल र ट्रफी हात पारे भने उपविजेता भएका प्रनिशले नगद १२ हजार सहित मेडल र ट्रफीमा चित्त बुझाए। 

पहिलो सेटमा १९-२१ ले पराजित भए पनि दोस्रो सेट २१-१७ र फाइनल सेट २१-८ ले प्रनिशलाई पराजित गर्दै सत्यमले उपाधि जितेका थिए। 

पुरुष एकलतर्फ सेमिफाइनल पुगेका भोजपुरका विशाल तामाङ र झापाका नविन सिलवाल तेस्रो स्थान हात पार्दै नगद ८ हजार सहित मेडल र ट्रफी हात पारे।   

त्यस्तै महिला एकलतर्फ मोरङकी निता लम्सालले उदयपुरकी रोजी राईलाई २१-५, २१-१४ ले पराजित गर्दै उपाधि जितिन्। उनले नगद २० हजार रुपैयाँ सहित ट्रफी र मेडल हात पारिन् भने उपविजेता भएकी रोजीले नगद १२ हजार सहित ट्रफी र मेडलमा चित्त बुझाइन्। 

एकल महिला तर्फ सेमिफाइनल पुगेका धनकुटाका अरुणा तामाङ र झापाका अन्जना राईले तेस्रो स्थान प्राप्त गर्दै नगद ८ हजार सहित ट्रफी र मेडल हात पारे। 

प्रतियोगिताको पुरुष युगलतर्फको उपाधि सुनसरीका सत्यम सुब्बा र सुमन लिम्बूको जोडीले हात पारे। संखुवासभाका सृजल पोखरेल र प्रविन लिङ्थेपको जोडीलाई २१-१०, २१-१७ ले पराजित गर्दै सत्यम र सुमनको जोडीले उपाधि हात पारेका हुन्। 

पुरुष युगलतर्फ विजेता जोडीले नगद ३० हजार सहित ट्रफी र मेडल, उपविजेता जोडीले नगद २० हजार सहित ट्रफी र मेडल हात पारे। 

सेमिफाइनल पुगेका झापाका प्रनिश सिंह ठकुरी र नविन सिलवाल, लाक्पा शेर्पा र महेश खड्काको जोडी तेस्रो हुँदै नगद १० हजार सहित ट्रफी र मेडल हात पारे। 

मिक्स युगलतर्फको उपाधि प्रनिशसिंह ठकुरी र अनिता गिरीको जोडीले हात पारे। उनीहरूले सुनिल सिलवाल र अन्जना राईको जोडीलाई २१-१९, १९-२१ र २१-१६ ले पराजित गर्दै उपाधि जितेका हुन्। विजेता जोडीले नगद २० हजार नगद सहित ट्रफी र मेडल, उपविजेता जोडीले नगद १२ सहित ट्रफी र मेडल प्राप्त गरे। 

मिक्स युगलतर्फ सेमिफाइनल पुगेका विनय चौधरी र रोजी राईको जोडी, सत्यम सुब्बा र जोगिता लिम्बूको जोडीले तेस्रो प्राप्त गर्दै ४/४ हजार सहित ट्रफी र मेडल प्राप्त गरे। 

मास्टर ५५ प्लस युगलतर्फ दिलबहादुर कन्दङ्वा कास्की र दानबहादुर तामाङ भोजपुरको जोडीलाई २१-११, २१-११ ले पराजित गर्दै वुद्धि चौधरी चितवन र विष्णुलाल श्रेष्ठ धादिङको जोडिले उपाधि जितेका छन्। 

उक्त विधातर्फ विजेता हुने जोडिले नगद २५ हजार सहित ट्रफी र मेडल, उपविजेता जोडीले नगद १५ सहित ट्रफी र मेडल हात पारे। 

सेमिफाइनल पुगेका इटहरीका देव तामाङ र शान्ता तामाङको जोडी, रमेश भट्टचन कास्की र दिपक राई उदयपुरको जोडीले तेस्रो स्थान प्राप्त गर्दै ५/५ हजार सहित ट्रफी र मेडल प्राप्त गरे। 

मास्टर ४५ प्लस युगलतर्फ धरानका लोकमान श्रेष्ठ र काठमाडौंका सञ्जय कपालीको जोडीले ताप्लेजुङका मदन लिम्बू र घनेन्द्र आङ्वुहाङको जोडीलाई २१-१६ र २१-१३ ले पराजित गर्दै उपाधि जिते। विजेता हुने जोडीले नगद २५ हजार सहित ट्रफी र मेडल, उपविजेता जोडीले नगद १५ सहित ट्रफी र मेडल हात पारे।

सेमिफाइनल पुगेका पाँचथरका दिप आङ्देम्वे र इटहरीका श्याम लामाको जोडी, ललितपुरका पूर्णभक्त चित्रकार र मोरङका डिल्लीराम डाँगीको जोडी तेस्रो स्थान प्राप्त गर्दै ५/५ हजारसहित ट्रफी र मेडल प्राप्त गरे।  

समापन कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, धनकुटा जिल्ला ब्याडमिन्टन संघ धनकुटाका अध्यक्ष योगेश्वर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए।  

प्रतियोगिताको मुख्य प्रायोजक धनकुटा नगरपालिका, सहप्रायोजक छिन्ताङ घर भई हाल हङकङ निवासी वीरभक्त राई र सहकार्यका रूपमा प्रदेश खेलकुद विकास बोर्ड रहेको थियो। 

धनकुटा जिल्ला ब्याडमिन्टन संघ आयोजक रहेको प्रतियोगिता चार दिनसम्म चलेको थियो। प्रतियोगितामा प्रदेश भरिका ८२ टिमको सहभागिता रहेको थियो। खेलाडीहरूले ६ वटा विधामा प्रतिस्पर्धा गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.