लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो माओवादी,आजै समर्थन फिर्ता लिने

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो माओवादी,आजै समर्थन फिर्ता लिने
सुन्नुहोस्

काठमाडौं : लुम्बिनी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रसहित तीन दल बाहिरिएका छन् । माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र जनमत पार्टी लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएका हुन् ।

आइतबार माओवादीबाट मन्त्री बनेका तीनैजनाले मुख्यमन्त्री लिला गिरीसमक्ष राजीनामा बुझाएको माओवादी केन्द्र संसदीय दलका नेता जोगबहादुर महराले जानकारी दिए । सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने माओवादी केन्द्रको तयारी छ ।

लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी मन्त्री बनेका थिए । गत पुस २७ मा एमाले संसदीय दलका नेता गिरी मुख्यमन्त्री नियुक्त भएका थिए । माघ ५ मा विश्वासको मत लिएका गिरीलाई  ५८ जनाले सांसदले  विश्वासको मत दिएका थिए।

माओवादी मन्त्रीहरूले समर्थन फिर्ता लिएमा मुख्यमन्त्री बनेका लीला गिरी अल्पमतमा पर्नेछन्। उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ।

लुम्बिनी प्रदेशमा ८७ सांसद छन्। बहुमतका लागि ४४ सांसदको आवश्यकता पर्छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.