भारत सरकारले किन खारेज गर्यो १८ औषधी कम्पनीको लाइसेन्स ?
एएनआईका अनुसार भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियाले देशका २० राज्यका धेरै कम्पनीमा गरेको अनुसन्धानपछि केन्द्र सरकारले यो निर्णय गरेको हो ।
नयाँ दिल्ली : गुणस्तरहीन औषधी बनाएको आरोपमा भारतमा केन्द्र सरकारले धेरै औषधी कम्पनीलाई कारबाही गरेको छ । यसअन्तर्गत देशका १८ औषधी कम्पनीको लाइसेन्स खारेज गरिएको छ ।
एएनआईका अनुसार भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियाले देशका २० राज्यका धेरै कम्पनीमा गरेको अनुसन्धानपछि केन्द्र सरकारले यो निर्णय गरेको हो ।
पछिल्ला केही महिनाहरूमा तान्जानिया, गाम्बिया र उज्वेकिस्तान जस्ता धेरै देशहरूमा कफ सिरप सेवनका कारण धेरैको मृत्यु भएपछि डीजीसीआईले यो कारबाही गरेको हो।
विश्व स्वास्थ्य सङ्गठनले भारतमा बनेको खराब गुणस्तरको औषधीका कारण गत अगस्टदेखि अहिलेसम्म करिब ३ सय बालबालिकाको मृत्यु भएको जनाएको छ ।
सरकारले नक्कली औषधी बनाउने हिमाचल प्रदेशमा ७०, उत्तराखण्डमा ४५ र मध्य प्रदेशमा २३ वटा औषधी कम्पनीलाई कारबाही गरेको एएनआईले जनाएको छ ।एएनआईका अनुसार भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियाले देशका २० राज्यका धेरै कम्पनीमा गरेको अनुसन्धानपछि केन्द्र सरकारले यो निर्णय गरेको हो । बीबीसी