पारिवारिक दायित्व महत्वपूर्ण

पारिवारिक दायित्व महत्वपूर्ण
सुन्नुहोस्

हरेक बालबालिका अद्वितीय हुन्छन् भन्ने कुरा शिक्षक र परिवारले बुझ्नुपर्छ ।

बालबालिकाहरूका लागि स्कुल छनोट  गर्दा अभिभावकले के गर्नुपर्छ ?  विद्यालय रोज्दा के–के कुरामा ध्यान दिनुपर्छ ?

चर्को शुल्क लिने विद्यालयहरूलाई अभिभावकहरूले गुणस्तरीय शिक्षासँग जोड्नु हुँदैन। उनीहरूले विद्यालयबाट स्नातक गरेका विद्यार्थीहरूको अनुभवहरूमा बढी ध्यान केन्द्रित गर्नुपर्छ।  र, उनीहरूलाई के–कस्ता कुराहरूको अनुभव छ भन्ने कुरा बुझेर विद्यालयले ती विद्यार्थीको अध्ययन वा अतिरिक्त क्रियाकलाप त्यहीअनुसार तुलना गरी विद्यार्थीलाई अघि बढाउनुपर्छ। 

अतिरिक्त क्रियाकलापले बालबालिकाको समग्र विकासमा कसरी मद्दत गर्छ ? 

यो एक व्यक्तिपरक प्रश्न हो। पढाइमा  अब्बल र किताब अध्ययनमा  धेरै मोह भएकाहरूका लागि धेरै–धेरै अतिरिक्त क्रियाकलाप राम्रो नहुन पनि सक्छ। खासै भन्ने हो भने यो विद्यार्थीको योग्यताका आधारमा हुने कुरा हो।

शिक्षकको भूमिका कस्तो हुन्छ ? 
विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप वा पढाइमा प्रोत्साहित गर्नुअघि अनुभवि शिक्षक हुनुपर्छ। शिक्षकलाई आकर्षक तलब सुबिधा दिएर राख्नुपर्ने जरुरी हुन्छ। अहिले काठमाडौंमा विज्ञान विषय पढाउने शिक्षकको कमी छ। त्यसमा पनि मुलुकको दुगर्ममा अवस्था कस्तो होला ? 

हामी सहजै अनुमान गर्न सक्छौं। विज्ञान र भाषा सिक्नबाट बञ्चित विद्यार्थी पढाइमा राम्रो गर्न गाह्रो हुन्छ। गहिरो अध्ययनका लागि बालबालिकाको स्क्रिन टाइमको निगरानी गर्नुपर्छ। स्मार्टफोन र अन्य ग्याजेटहरूले बालबालिकाको ध्यानमा हानिकारक प्रभाव पर्ने धेरै अध्ययनहरूले देखाएका छन्। 

परिवारले कसरी भूमिका खेल्न सक्छ ?
परिवारको भूमिका जति सूक्ष्म हुन्छ त्यति नै राम्रो हुन्छ। कुनै अभिभावकले आफ्नो मूल्य मान्यताहरू  जबरजस्ती आफ्नो बच्चाहरूले लागू गरून् भन्ने सोच राख्नु हुँदैन। 

यो सताब्दीका बालबालिकाहरूलाई  परिवारको पुख्र्यौली मान्यता असह्य हुन सक्छ। तर, फेरि उनीहरूलाई धेरै खुकुलो छोडियो भने आफ्नो परिवारको जराबाट बञ्चित हुन सक्छन्। परिवारले आफ्नो सन्तानलाई आफ्नो प्रतिलिपि होइन। आफ्नो बच्चाहरूका बारेमा बढी बुझ्ने हुनुपर्ने जरुरी छ। हरेक बच्चाहरू अद्वितीय हुन्छन् भन्ने कुरा चाहिँ शिक्षक र परिवार दुवैले बुझ्न जरुरी छ।

नेपाली बालबालिकाले विद्यालयमा के कस्ता समस्याबाट गुज्रिरहेका छन् ? ती समस्याहरू कसरी समाधान गर्न सकिन्छ ?
अहिले धेरै विद्यालयहरू आफ्नो मुख्य मूल्य र मान्यताभन्दा पनि बढी पैसा कमाउने मेसिनजस्तो भएका छन्। यस्तो वातावरणले पछि भविष्यमा धेरै समस्याहरू आउन सक्छन। ५ र ६ वटा कक्षाहरू पढाएपछि शिक्षकहरू पनि धेरै थकित हुन्छन्।  उहाँहरूले आफ्नो ऊर्जा शक्ति दिनभरि कसरी कायम गर्नु हुन्छ। मलाई थाहा छैन।

एकै कक्षामा ५०÷६० जना विद्यार्थीहरू भएपछि शिक्षकले व्यक्तिगत रूपमा हरेक विद्यार्थीहरूको हेरचाह गर्छन् भनेर कसरी आसा गर्ने ? एक कक्षामा ५÷१० जना विद्यार्थीहरू भए मात्र हरेक विद्यार्थीलाई समय दिन सकिन्छ। अन्यथा विद्यार्थीलाई ध्यान दिन गाह्रो हुन्छ। यसले गर्दा विद्यार्थीको विकासमा पनि कमी आउँछ। विद्यालयमा  विद्यार्थीलाई धेरै समय बिताउने पर्ने हुन्छ। त्यहीँ भएर विद्यार्थीहरू आफ्नै समाजबाट टाढा हुँदै जान्छन। र, पछि गएर अरूसँग बोल्न पनि गाह्रो हुँदै जान्छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.