रौतहटको विभिन्न स्थानमा आगलागी,एक बालिकाको मृत्यु,करोडौंको धनमाल जलेर नष्ट

रौतहटको विभिन्न स्थानमा आगलागी,एक बालिकाको मृत्यु,करोडौंको धनमाल जलेर नष्ट
इशनाथ नपामा मोजिबुल रहमानको जलेको घर भएको स्थान । तस्बिर : फणि महत
सुन्नुहोस्

रौतहट :  रौतहटमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ भने एक करोडभन्दा बढिको धनमाल जलेर नष्ट भएको छ।  विभिन्न स्थानमा आगलागी हुँदा एक करोडभन्दा बढिको धनमाल नष्ट भएको र  एक बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ।

इशनाथ नगरपालिका-६ स्थित स्थानीय मोजिबुल रहमानको घरमा आगलागी हुँदा उनकी ११ वर्षीया छोरी रजिया खातुनको जलेर मृत्यु भएको थिय‍ो । इशनाथ नगरपालिका ६ मा आगलागी हुँदा सुतेकै अवस्थामा जलेर  बालिकाको मृत्यु भएको थियो ।

उनकी ११ वर्षीया छोरी रजिया खातुन घरमा सुतेको अवस्थामा जलेको अवस्थामा भेटिएको रौतहट प्रहरीले जनाएको छ । आगलागीबाट रहमानको पशु चौपाया,फुसको घर जलेर लाखौंको धनमाल  नष्ट भएको थियो ।

रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ३ सखुअवामा रहेको रिद्धिसिद्धि प्लाई बोड उद्योगमा  विद्युत सर्ट भइ बिहीबार बिहान करिब २ बजे आगलागी हुँदा उद्योगका सामान जलेर नष्ट भएको हो। 
नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना र गौर नपाको बारुण यन्त्रको मद्दतले आगो नियन्त्रणमा लिन करिब ४ घण्टा समय लागेको जिल्ला प्रहरी कार्यालय गौरका  प्रहरी निरीक्षक दिनेश कुवरले बताए ।

रिद्धिसिद्धि प्लाइ बोडमा रहेको बीस लाख मूल्य बराबरको दुईवटा जेनरेटर, ६३ लाखको फेस भिनियर र कोर भेनियर प्लाई, ५० हजारको दाउरा, दुई लाख ५० हजारको घर गरी करिब ८६ लाखको सम्पत्ती जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।

यसैगरी गौर नगरपालिका वडा नम्बर ४ सोवर्ना माईस्थित मुनिफ मियाले सञ्चालन गरेको मुनिफि पोल्ट्रि फर्ममा  बुधबार राति ९ आगलागी हुँदा पोल्टीफर्म पूर्णरुपमा जलेर नष्ट भएको छ । कुखुराको चल्ला,कुखुराको दाना, कुखुरालाई खुवाउने औषधिलगायतका सामान जलेर नष्ट हुँदा करिब २३ लाख  मूल्य बराबरको सम्पत्ती जलेर नष्ट भएको प्रहरी निरीक्षक कुवरले जानकारी दिए ।

यसैगरी गौर नपा ३ मचकुटियामा बुधबार साँझ चन्दन साहको खरले छाएको फुसको घरमा खाना पकाउन बालेको आगो सल्केर आगलागी हुँदा घरमा रहेका भाडाकुँडा, खाद्यान्न,लत्ताकपडा गरी २ लाख ५० हजार मूल्य बराबारको सम्पत्ती नष्ट भएको  थियो ।

बुधबार राति र बिहीबार रौतहटको तीन स्थानमा भएको आगलागीबाट १ करोड १२ लाख भन्दा बढिको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.