आयोग गठन गरेर मिटरब्याज पीडितका समस्या समाधान गर्न माओवादी नेता पोखरेलको माग
काठमाडौं : नेकपा माओवादी केन्द्रका सचिव गिरिराजमणि पोखरेलले मिटरब्याज पीडितका समस्या समाधान गर्न अधिकारसम्पन्न उच्चस्तरीय शक्तिशाली छानबिन आयोग गठन सरकार गर्न माग गरेका छन्। पीडितहरूको आन्दोलनमा समर्थन जनाउन पुगेका उनले न्यायिक प्रक्रियाबाट सरकारले पीडितहरूको समस्या समाधान गर्नुपर्ने बताए।
‘दुःख र पीडाका असंख्य बेदनाहरु लिएर काठमाडौं आएका र नआएका मिटरब्याज पीडितहरूको समस्यालाई तत्काल सम्बोधन गर्न एक अधिकारसम्पन्न उच्चस्तरीय शक्तिशाली छानबिन आयोग गठन गरि यथाशिघ्र समस्या समाधान गर्ने पाइला चाल्नु एक उपाय हुनसक्छ,' सचिव पोखरेलले भने, ‘साहुकारहरूले पीडितमाथि जो अमानवीय र क्रूर व्यवहार गरेका छन्, त्यसलाई जरैदेखि अन्त्य गर्नेगरी अगाडि बढ्नुपर्ने आजको आबश्यक्ता छ।’
मन्त्रिपरिषद्ले कानुन निर्माण गर्ने पहल लिनु सकारात्म रहेको उनले बताए। ऐनका बारेमा सर्वाजनिकरुपमा छलफल गर्नु पर्ने उनले औंल्याए। उनले भने, ‘ऐन बन्न पक्का पनि केही समय लाग्छ। प्रस्तावित ऐनलाई सार्वजनिक छलफलमा पनि ल्याउनुपर्छ।’
असोज १ गते गृह मन्त्रालय र मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिसँग भएको सहमतिलाई नै आधार मान्दै पीडितका समस्या कानुनी र व्यवहारिक दुवै ढंगले हल गर्नुपर्ने नेता पोखरेलले उल्लेख गरे। ‘साहु-महाजनसँग भएका सबै लिखत, तमसुक खारेज गर्नुपर्छ।