चर्च ब्वाइजलाई सिजनकै पहिलो उपाधी

चर्च ब्वाइजलाई सिजनकै पहिलो उपाधी
जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकपको उपाधीसहित चर्च ब्वाइज युनाइटेड।

सिमरा : चर्च ब्वाइज युनाइटेडले जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकपको उपाधी उचालेको छ। सिमरा रंगशालामा शनिबार भएको फाइनल भिडन्तमा हिमालयन शेर्पा क्लबलाई २-० ले पराजित गर्दै चर्च ब्वाइजले सिजनकै पहिलो उपाधी उचालेको हो। 

पहिलो सहभागितामै उपाधी उचाल्ने क्रममा चर्च ब्वाइजका लागि कप्तान मिलन राई र आशिष चापागाँईले गोल गरे। १० हजारभन्दा बढी दर्शकको उपस्थितिमा चर्च ब्वाइजले उपाधी जित्दा हिमालयन शेर्पाले भने उपविजेतामा चित्त बुझायो। 

महत्वपूर्ण फाइनल खेलको छैठौं मिनेटमा शेर्पा १० खेलाडीमा सिमित हुन पुग्यो। जुन टिमका लागि घातक सावित हुन पुग्यो। डिबक्स बाहिर शेर्पाका डिफेण्डर दिवस उरावले चर्च ब्वाइजका रंजित पाण्डेलाई लडाएपछि रेफ्री नविन्द्र महर्जनले उनलाई रातो कार्ड  देखाउँदै मैदान बाहिर पठाए। शेर्पाको डिफेन्स लाइनअपलाई छल्दै बल अघि बढाका पाण्डेलाई उरावले तानेर लडाएका थिए। 

१० खेलाडीमै सिमित शेर्पा दवावमा देखिदा त्यसको फाइदा नवप्रवेशी टिम चर्च ब्वाइजले उठायो। खेलको ३५औं मिनेटमा कप्तान मिलन राईले चर्च ब्वाइजलाई अग्रता दिलाए। डिबक्स बाहिरबाट उनले प्रहार गरेको फ्रिकिक बलले सिधै जाली चुमेको थियो। 

शेर्पाविरुद्धको अग्रताले उत्साहित चर्च ब्वाईले खेलको अन्तिम समयमा अर्को गोल गर्दै २–० को जित निकालेको थियो। निर्धारित ९० मिनेटको खेलमा थपिएको इन्जुरी समयमा आशिष चापागाईले चर्च ब्वाइजका लागि दोस्रो गोल गरेका थिए। 

उनको गोलसँगै चर्च ब्वाइजले २–० गोलअन्तरले जीतपुरसिमरा गोल्डकप उपाधी विजेताको सूचिमा आफ्नो लेखाउन सफल भयो। यता खेलमा केही अवसर बनाएपनि सदुपयोग गर्न नसक्दा शेर्पा दस वर्षपछि पुनः उपविजेता बन्दै घर फर्कियो। 

गोल्डकपको दोस्रो संस्करणको विजेता शेर्पा २०६९ सालमा सम्पन्न चौथौं संस्करणमा उपविजेता रहेको थियो। त्यसयता शेर्पा गोल्डकपको फाइनलमा प्रवेश गर्न सकेको थिए। दश वर्षपछि उपाधी जित्ने अवसर बनाएपनि शेर्पा सफल हुन सकेन। 

null

प्रतियोगितामा मोटरसाइकल प्राप्त गरेका चर्च ब्वाइजका डिफेण्डर कमल श्रेष्ठ।

उपाधि विजेता चर्च ब्वाइजले १० लाख र उपविजेता शेर्पाले पाँच लाख प्राप्त गरेको छ। प्रतियोगिताको सर्वोत्कष्ट खेलाडी चर्च ब्वाइजका डिफेण्डर कमल श्रेष्ठ घोषित भए। उनले टिभिएस राइडर मोटरसाइकल प्राप्त गरे। 

विधागततर्फ पुरस्कारतर्फ चर्च ब्वाइजका वर्चश्व रहयो। उत्कृष्ट गोलरक्षक युएस प्रिसो, उत्कृष्ट डिफेन्डर फ्र्यांकलिन टाला, उत्कृष्ट मिडफिल्डर सुवास गुरुङ र उत्कृष्ट पुरस्कार प्रदीप हुमागाई घोषित भए। शेर्पाका सुशिल राईले उत्कृष्ट फरवार्डको पुरस्कार प्राप्त गर्दा भरतपुर फूटबल क्लबका सुनिल श्रेष्ठ सर्वाधिक गोलकर्ता घोषित भए। विधागततर्फ उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले जनही २० हजार नगद प्राप्त गरे। प्रतियोगिताको उदयीमान खेलाडी आयोजक नव जनजागृति युवा क्लबका दिलिप माझी घोषित भए। उनले १५ हजार हात पारे। खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका फ्र्यांकलिन टाला घोषित भए। 

विजेता तथा उपविजेता खेलाडीलाई उपराष्ट्रपति रामसहाय यादव, संविधान सभाका सदस्य शोभाकर पराजुरी, जयराम दाहाल, मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, एन्फा अध्यक्ष पंकज नेवाङ, मुख्य सहयोगी जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, मुख्य प्रायोजक जगदम्बा स्टील्स् प्रालिका आयुश गुप्ता, भाइस प्रेसिडेण्ड कृष्णदत्त भट्ट, प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, क्लबका अध्यक्ष रामचन्द्र लामालगायतले पुरस्कार वितरण गरेका थिए। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.