निरन्तर १४ हप्तामा आँधीखोला सरसफाइ अभियान

निरन्तर १४ हप्तामा आँधीखोला सरसफाइ अभियान
तस्बिर : भवानी अधिकारी।
सुन्नुहोस्

स्याङ्जा : आँधीखोला सरसरफाई अभियानले १४ हप्ता पुरा गरेको छ। पुस १६ गते शनिबारदेखि सुरु गरिएको सरसफाइ अभियान निरन्तर १४ हप्तासम्म जारी रह्यो।

जल र जीवनको महत्वपूर्ण सम्बन्ध रहेको बुझेका केही ब्यक्तिले अभियान संचालन गरेका हुन्। उनीहरुले आँधीखोला सरोकार संरक्षण मंच गठन गरी स्वतस्फुर्तरुपमा सरसफाइ अभियानलाई निरन्तरता दिंदै आएका छन्। 

null स्याङ्जाको पहिचान एवं बरदान दुबै हो। धार्मिक मान्यता अनुरुप श्रवणकुमार र अन्धाअन्धी दहसंग आँधीखोलाको पहिचान जोडीएको छ। अर्कोतर्फ, जिल्लालाई केन्द्रबिन्दु बनाएर बगेकी आँधीखोलाले दुबैतर्फका जमिनलाई सिंचित गरेको छ। मानवीय जीवन, पर्यावरण र जलचर सबैको संरक्षण गर्दै आएको छ आँधीखोलाले।

आँधीखोला गाउँपालिकाको ‘अन्धाअन्धी दह’ बाट उत्पत्ति भएको खोला पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ नगरपालिका हुँदै कालीगण्डकी गाउँपालिका पुगेर कालीगण्डकीमा मिसिएको छ। तर, केही वर्षयता आँधीखोलामा देखिन थालेको प्रदुषणले जलचर एवं मानवीय जीवनचक्रलाई समेत नकरात्मक प्रभाव पार्न थालेपछि यहाँका जानकार युवा अभियन्ताले आँधीखोला संरक्षणका लागि साप्ताहिक कार्यतालिका तयार पारे। जसलाई नियमितरुपमा सरसफाइ गर्दै आएका छन्। 

करिब ३ महिनाअघिदेखि सुरु गरिएको सरसफाइ अभियानमा सबै दल, बर्ग, समूहको उपस्थिति रहेको छ। शनिबार बिहान २ घण्टा सरसफाइ कार्यक्रम तोकिएको छ। 

nullसरसफाइ अभियान सुरु हुनभन्दाअघिको खोला र अहिलेको आँधीखोलामा धेरै फरक देखिएको छ। खोलाका दायाँवायाँ थुप्रिएका प्लाष्टिक, झारपात, पतीगंर, काठ, दाउरा, फलाम, कपाल लगायतका बस्तुलाई एकीकृत पारी फोहोर ब्यवस्थापन गरिएको हुन्छ। खोलामा संङ्लो पानी बग्न थालेको छ। खोलाका दायाँवाँया किनारमा सफा देखिएको सफाई अभियन्ता टिकराज गुरुङ् भन्छन्। 

‘आँधीखोलालाई फोहोरमैला ब्यवस्थापनको विकल्पका रुपमा लिएकाले समस्या देखिएको हो।’ उनले भने, ‘फोहोर गर्ने पनि हामी, सफा गर्ने पनि हामी। हामीबाट सुरुवात गरिएको अभियानलाई सबैले मनन् गरे आँधीखोला मात्र नभइ सबै खोलानाला सफा हुन्छन्।’

चौधौं हप्ताको अभियानमा वालिङ सुर्कौदी पक्की पुलदेखि वालिङ सुकौदी झोलुङ्गे पुलसम्मको क्षेत्रका दायाँबायाँ किनारमा सफाइ गरिए। यहाँबाट १४ ट्रिपर फोहोर संकलन गरिएको आँधीखोला संरक्षण सरोकार मञ्चका संयोजक प्रकाश अर्यालले जानकारी दिए। 
सफाई अभियानमा यहाँका संघसंस्था, सहकारी, सुरक्षा निकाय तथा स्थानीयबासीको सहयोग रहँदै आएको छ। सफाई अभियानसँगै संरक्षण मंचले जनचेतनामुलक कार्यक्रम पनि गर्दै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.