मिटरब्याज पीडित भेट्न पुगेका गृहमन्त्रीले भने - माग सम्बोधन हुन्छ, तपाईंहरू ढुक्क भएर घर फर्किनुहोस्

मिटरब्याज पीडित भेट्न पुगेका गृहमन्त्रीले भने - माग सम्बोधन हुन्छ, तपाईंहरू ढुक्क भएर घर फर्किनुहोस्
सुन्नुहोस्

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत मिटरब्याज पीडितलाई माग सम्बोधन हुने आश्वासन दिएका  छन्। आइतबार बिहान  अनामनगरस्थित तमु बौद्ध गुम्बा हलमा आन्दोलनरत उनीहरूलाई भेट्न पुगेका गृहमन्त्री श्रेष्ठले सरकारले सहमति जनाइसकेकाले समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे।

गृहमन्त्रीले भने,'तपाईंहरूका मागमा सरकार सहमति जनाइसकेको अवस्‍था छ। तपाईंहरू ढुक्क भएर घर फर्किनुहोस्।' माग पूरा गर्ने सन्दर्भमा सहमतिअनुसार लाग्नुपर्ने न्यूनतम समयभन्दा धेरै समय लाग्दैन ।'

उनीहरुको स्वास्थ्य परीक्षण समेत गरिएको छ । वीर अस्पतालको टोलीले पीडितहरु आश्रय लिइरहेकै स्थान गुम्बा हलमा पुगी परीक्षण गरेको हो । 

यसअघि मिटरब्याज पीडित र सरकारबीच शनिबार बेलुका पाँच बुँदे सहमति भएको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान बालुवाटारमा पीडितसँग छलफल गरेपछि साँझ सहमतिपत्रमा हस्ताक्षर गरिएको हो। मन्त्रिपरिषद्बाट छानबिन आयोग गठन भएपछि मात्रै मिटरब्याजविरुद्धको आन्दोलन फिर्ता लिने सहमति भएको छ। 

मिटरब्याज पीडितका नियमित रूपमा आउने उजुरी/गुनासोलाई सम्बोधनका लागि जिल्ला जिल्लामा समन्वय तथा सहजीकरण समिति गठन गर्ने सहमति भएको छ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्थित नेपाल प्रहरी, सरकारी वकिल, मालपोत, नापी कार्यालयका प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र मिटरब्याज पीडितको प्रतिनिधिसमेत रहने गरी जिल्लास्तरीय समन्वय/सहजीकरण समिति गठन गर्न सरकार समक्ष सिफारिस गर्ने सहमति भएको छ।

यो समितिले गठन हुने आयोगका कामलाई सहयोग र सहजीकरण गर्नेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.