शान्तिवाटिकामा बेमौसमी बर्खा र मिटरब्याज पीडितको पीडा (फोटो फिचर)
काठमाडौं : वर्षाले मिटरब्याज पीडितलाई खान, बस्न समस्या हुन थालेको छ। दुई दिनदेखि शान्तिवाटीकामा बसिरहेका उनीहरूलाई वर्षाका कारण बस्न र खान समस्या भएको हो। न्यानो कोठाको अभावमा पीडितहरू रुखको फेदमुनि सुतेर रात काटिरहेका छन्। कोही भिजेरै मिटरब्याज साहुविरुद्ध अनिदो संघर्षमा छन्।
यतिबेला तराईका २० जिल्ला सयौं मिटरब्याज पीडित काठमाडौं केन्द्रित आन्दोलनमा छन्। न्याय पाउन यसपटक उनीहरू निर्णायक आन्दोलनका लागि काठमाडौं आएको बताइरहेका छन्। तर बेमौसमी मनसुनले उनीहरूको आन्दोलनमा समस्या पैदा गरिदिएको छ।
वर्षाका कारण खान र सुत्न निकै समस्या भइरहेको संघर्ष समितिका संयोजक अवधेश कुशवाहाले बताए। त्यतिमात्र होइन, ओढ्ने, ओछ्याउने, खानेपानी र शौचालयलगायत समस्या रहेको उनको भनाइ छ।
‘पीडतहरू घरबाटै पोका पोका चामल लिएर आएका छन्। खानाका लागि तत्कालै समस्या छैन। तर वर्षाका कारण समस्या भइरहेको छ,' उनले भने। सरकारले छिट्टै न्याय दिए घर जान पाउने उनीहरूले बताइरहेका छन्। नवलपरासी सुस्ताका ६४ वर्षीय रामसुभक मुसहरलाई काठमाडौंको चिसोले सताउन थालेको छ। दुई रात चिसो भूँइमा सुत्नुपर्दा रुघाखोसी लागेको उनले बताए।
‘वर्षाको समय छ। झरी पर्छ, खान, बस्न समस्या छ,' उनले भने। सरकारले आफूहरूसँग सम्झौता गरेर ठग्ने गरेको उनले सुनाए।
राजकरण महतोको फोटो फिचर हेर्नुस्:









प्रतिक्रिया दिनुहोस !