सुनको मूल्य दुई सयले घट्यो,चाँदी बढ्यो
काठमाडौं : सुनको भाउ आज दुई सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन दुई सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार कायम भएको छ।
तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ तोकिएको छ।
अघिल्लो कारोबार दिन बिहीबार सुन ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
आज सुनको मूल्य घटेपनि चाँदीको भाउ बढेको छ। चाँदी ५ रुपैयाँले बढेर तोलाको १४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
बुधबार प्रतितोला चाँदी १४३५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस !