आगलागी हुँदा २० घर जलेर नष्ट

आगलागी हुँदा २० घर जलेर नष्ट

रौतहट : जिल्लाको माधवनारायण नगरपालिका-४ विसुनपुर्वा मानपुर टोलमा आगलागीबाट १४ वटा कच्ची घर पूर्ण र पक्की घर आंशिक रुपमा जलेर क्षति भएको छ। आगलागीमा परी एक बालिका घाइते भएकी छिन्। 

आगलागीमा २ वटा बाख्रा र एउटा खसी जलेर मरेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको डीएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिए। दमकल नजिक नहुँदा आगलागी नियन्त्रणमा लिन निकै कठिन भएको स्थानीय पारस भण्डारीले बताए।

आइतबार दिउँसो साढे १२ बजे विउत मुखिया विनको घरबाट सल्किएको आगोबाट १५ जनाको घर पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएक‍ो छ। जिल्लाको १८ पालिकामध्ये गौर र चन्द्रपुरमा मात्र बारुण यन्त्र रहेको छ।

आइतबार नै परोहा नगरपालिकाको तेजापाकड गाउँमा पाँच घर र इशनाशमा एक घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी यादवले बताए।

एक सातादेखि रौतहटमा दिनहुँ आगलागीका घटना हुन थालेपछि जिल्ला दैविप्रकोप उदार समिति रौतहटले सबै पालिकामा वारुणयन्त्र खरिद गर्न पहल गर्ने निर्णय गरेको छ।

समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षतामा बसेको बैठकले सबै स्थानीय तहमा वारुणयन्त्र खरिदका लागि पहल गर्ने निर्णय गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.