नयाँ वर्ष २०८० लाई स्वागत गर्दै पोखरा, फेवाताल किनारमा महोत्सव सुरु

नयाँ वर्ष २०८० लाई स्वागत गर्दै पोखरा, फेवाताल किनारमा महोत्सव सुरु
सुन्नुहोस्

पोखरा : नयाँ वर्ष २०८० लाई स्वागत गर्न फेवाताल किनारमा बुधबारदेखि फेवा नव वर्ष महोत्सव सुरु भएको छ। होटल संघ पोखरा नेपालको आयोजनामा भइरहेको १८औं संस्करणको नव वर्ष महोत्सव २०८० को वैशाख १ गते सम्म चल्ने छ। 

उद्घाटन कार्यक्रममा फेवाताल किनार हल्लनचोकबाट निकालिएको विभिन्न सास्कृतिक झाँकीसहितको र्‍याली अम्बोटमा पुगेर सभामा परिणत भएको थियो। महोत्सव उद्‍घाटन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रधानमन्त्रीको निकट भविश्यमा हुने भारत र चीनको भ्रमण अघि नै पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने विश्वा गरे। यसका लागि प्रधानमन्त्री, पर्यटन मन्त्रीसँग कुरा भएको पनि उनले सुनाए। 

पोखराको मुख्य आकर्ष फेवाताल र हिमाल भएकोले फेवा सिमससार पुर्नेलाई कारबाही गरिने पनि उनले सुनाए। फेवा सिमसार पुर्नेहरूले नै आफ्नो बदनामी गरेको भन्दै उनले त्यस्तो कार्य गर्न कडाइ गरिने पनि मेयर आचार्यले बताए। पोखराका ताल, नदी, खोला संरक्षण गर्दै पर्यटनका विकासमा महानगर अघि बढेको पनि मेयर आचार्यले बताए। पोखराका मुख्य आकर्ष माछापुच्छ्रे हिमालमा आफू बच्चा हुँदाको अवस्थाको जस्तो हिउँ नरहेको र पछिल्लो समयमा कालोपत्थरको रूपमा परिणत हुँदै गएकोमा पनि मेयर आचार्यले चिन्ता गरे।

पर्यटन, संस्कृति र खानालाई मुख्य जोड लिएर कोभिड पछि अप्ठ्यारोमा परेको पर्यटनलाई पुनरुत्थान गर्ने उद्देश्यका साथ महोत्सव सुरु भएको आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए। महोत्सवमा आउने पर्यटकलाई होटलहरुले कोठामा २० प्रतिशत छुटको व्यवस्था गरिएको पनि अध्यक्ष सुवेदीले बताए। होटल संघले छुटको ब्यवस्था गरेको भन्दै आए पनि आन्तरिक पर्यटकहरुले भने प्रत्येक वर्ष नयाँ वर्षमा होटलको कोठा नियमीत भन्दा महंगो हुने गरेको गुनासो गर्ने गरेका छन्। 

पृथ्वी राजमार्गको जारी स्तरोन्नती कार्य र केही महिना अघि पोखरामा भएका जहाज दुर्घटनाले सिजनकै समयमा अहिले होटलको अकुपेन्सी घटेको पनि अध्यक्ष सुवेदीले सुनाए। कोभिड पछि थला परेको पर्यटन उद्योगले गति नलिदा बैंकका ब्याज तिर्न सकस भएको पनि उनले बताए। ७ प्रतिशत ब्याज दरमा बैंकबाट लिएको ऋणको ब्याज बढेर १७-१८ प्रतिशतसम्म पुग्दा चल्न नसक्ने अवस्थामा पुगेको पनि अध्यक्ष सुवेदीले बताए।

होटल संघ नेपालका केन्द्रीय उपाध्यक्ष विनायक शाहले पोखरा जाने भन्ने वित्तिकै दुःख विर्सने र उत्साहित हुने गरेको सुनाए। यति सुन्दर पोखरामा भारतीय र चिनियाँ पर्यटक भ्रमण गर्न आतुर रहे पनि पोखराबाट सोझै अन्तर्राष्ट्रिय उडान नहुनु, भारत र चीन जोड्ने राजमार्ग गुणस्तरीय नहुँदा आउने चाहाने पर्यटक पनि आउन नपाएको शाहले बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिटो अन्तर्राष्ट्रिय उडान सुरु गर्नु पर्नेमा पनि उनले जोड दिए। 

नाकाबन्ली, भूकम्प र पछिल्लो समयमा कोभिड पछि पर्यटन क्षेत्र धेरै संकटमा परेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए। पर्यटक नआउँदा ब्यापार छैन। बैंकको ब्याजदर डबल हुँदा ब्यवसायी थप तनावमा परेकोले सिंगल डिजिटमा ब्याज घटाउनुपर्नेमा उनले जोड दिए। ब्याजदर घटाउने, अन्तर्राष्ट्रिय उडान छिटो सुरु गर्ने, प्याराग्लाइडिङ अन्तर्राष्ट्रिय उडानलाई असर नपर्ने गरी पुरानै ठाउँबाट संचालन गर्नु पर्ने लगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुरा भएको र सकरात्मकरूपमा लिएको पाएकाले छिटो समस्या समाधान हुनेमा उनले विश्वास गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.