विशिष्ट विदेशी पाहुनाको भ्रमण

विशिष्ट विदेशी पाहुनाको भ्रमण
सुन्नुहोस्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि चिनफिङको भ्रमणलाई विशेष महत्वका रूपमा हेरिएको थियो।

काठमाडौं : एक दशकमा विभिन्न देशका राष्ट्र प्रमुखहरू नेपाल भ्रमणमा आए। कतिपय देशबाट भने राष्ट्र प्रमुखकका सूचना बोकेर उच्च प्रतिनिधिमण्डलले भ्रमण गरे। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि चिनफिङको भ्रमणलाई विशेष महत्वका रूपमा हेरिएको थियो।

२०७९ चैतसम्ममा भारतीय प्रधानमन्त्री मोदी विभिन्न समय गरेर ५ पटक नेपाल आए। मोदी प्रधानमन्त्रीका रूपमा पाँचौंपटक बुद्ध जयन्तीको अवसरमा लुम्बिनी आएका थिए। भारतका राष्ट्रपति प्रणव मुखर्जी पनि योबीचमा २०७३ कात्तिक १७ देखि १९ गतेसम्मको नेपाल भ्रमणमा आएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा उनी राजकीय भ्रमणमा नेपाल आएका थिए। भारतका राष्ट्रपतिबाट १८ वर्षपछि नेपालको भ्रमण भएको थियो। यसअघि भारतका राष्ट्रपति के आर नारायण नेपालको भ्रमणमा आएका थिए।

नेपालको उत्तरी छिमेकी चीनका राष्ट्रपति सी चिनफिङ दुई दिने राजकीय भ्रमणका लागि २०७६ साल असोज २५ गते नेपाल भ्रमणमा आएका थिए। नेपालमा बहुप्रतीक्षित चिनियाँ राष्ट्रपतिको उक्त भ्रमणलाई सरकारको विशेष कूटनीतिक उपलब्धिका रूपमा समेत हेरिएको थियो।

यसअघि २३ वर्ष पहिले सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपालको दुई दिने भ्रमण गरेका थिए। सीको नेपाल भ्रमणका बेला नेपाल र चीनबीच विभिन्न आर्थिक साझेदारीका विषयमा छलफल र सम्झौताहरू भएका थिए। नेपाल र चीन जोड्ने नाकाहरूमा पूर्वाधार विकास र स्तरोन्नतिलाई प्राथमिकता दिइने विषयलाई विशेष प्राथमिकता दिइएको थियो। सन् २०१२ मा चिनियाँ प्रधानमन्त्रीको छोटो नेपाल भ्रमणपछि उक्त भ्रमण पहिलो उच्चस्तरीय भ्रमण थियो। संयुक्त राज्य अमेरिकी सिनेटर क्रिर्सटन जिलिब्रान्डको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासहित वरिष्ठ नेपाली अधिकारीहरूसँग भेटवार्ता गरेको थियो। युक्रेन द्वन्द्वका कारण उत्कर्षमा पुगेको विश्वव्यापी तनावको समयमा उक्त भ्रमण भएको थियो।

नेपाल र अमेरिकाले कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औं वार्षिकोत्सव मनाइरहँदा प्रभावशाली अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डलले नेपालमा तीनदिने भ्रमण गरी उच्चस्तरीय भेटवार्ता गरेको थियो। काठमाडौंस्थित अमेरिकी राजदूतावासको एउटा विवरणअनुसार पछिल्ला केही दशकमा अमेरिकाले १२ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको रक्षा साझेदारी नेपाली सेनासँग गरेको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारसँग वासिंगटनले ‘बलियो सम्बन्ध’ बनाउन खोजेको संकेत गरेको छ। अमेरिकी राजनीतिक मामिलाका उपविदेशमन्त्री भिक्टोरियो नुल्यान्डको भ्रमण भएको एक सातापछि नै अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी ) प्रशासक सामन्था पावरले नेपाल भ्रमण गरेकी थिइन्।

सामन्थाको पछिल्लो नेपाल भ्रमण सन् २००२ पछिको उच्चस्तरको भ्रमण थियो। सन् २००२ मा पूर्वअमेरिकी विदेशमन्त्री कोलिन पावेलले नेपालमा सशस्त्र द्वन्द्वका बेला काठमाडौं भ्रमण गरेकी थिइन्। पावरले ५ करोड ८५ लाख अमेरिकी डलर (साढे ७ अर्ब रुपैयाँभन्दा बढी) सम्मको सहयोग प्रदान गर्ने घोषणा गरेकी थिइन्। नेपालका लोकतान्त्रिक संस्था र नागरिक समाजको सुदृढीकरणका लागि आर्थिक सहयोग घोषणा गरिएको भनिएको छ। सो घोषणा रकममध्ये ४ करोड २ लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश हो।

नेपालमा समावेशी लोकतन्त्र र समृद्धि सुदृढीकरण गर्न २ करोड डलरसम्म समावेश गरिएको अमेरिकाले जनाएको छ। जनगणतान्त्रिक बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको औपचारिक राजकीय भ्रमणमा २०७६ कात्तिक २६ गते देखि २९ गते नेपाल भ्रमणमा आएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको राजकीय भ्रमणमा आएका थिए।

बंगलादेश र नेपालबीच सन् १९७२ अप्रिल ८ देखि द्विपक्षीय सम्बन्ध कायम हुँदै आएको छ। म्यानमारका स्टेट काउन्सिलर आङ सान सुकी २०२० मा नेपाल भ्रमणमा आएकी थिइन् ‘नेपाल भ्रमण वर्ष–२०२०’ को प्रवद्र्धन गर्न नेपाल आएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.