उदयपुरको ताप्लिमा आगलागीबाट दुई घर जले

उदयपुरको ताप्लिमा आगलागीबाट दुई घर जले
फाइल तस्बिर।
सुन्नुहोस्

उदयपुर  : उदयपुरको ताप्लि गाउँपालिका- ५ रुपाटारस्थित शाहीडाँडामा बुधबार राति आगलागी हुँदा २८ लाखको क्षति भएको छ ।  राति अचानक आगो सल्किदा स्थानीय शुभशेर राई र कमलशेर राईको दुईवटा घर जलेर नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाका अनुसार आगालागीबाट शुभशेरको घर,गाईगोठमा रहेका दुईवटा गोरु, तीनवटा गाई, नौंवटा बाख्रापाठा,अन्नपात, लत्ताकपडा, भाडावर्तन गरी १५ लाखको क्षति भएको छ । 

त्यसैगरी आगलागीबाट कमलसेरको घर,दुईवटा गोरु,दुईवटा गाई,छवटा बाख्रापाठा,सुँगुर ५ वटा र अन्नपात,लत्ताकपडा,भाडावर्तन गरी १३ लाखको क्षति पुगेको उनले बताए । झण्डै दुई घण्टापछि स्थानीय र प्रहरीको प्रयासबाट आगो  नियन्त्रणमा आएको थियो।  आगलागीबारे एकीन भएको छैन।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.