मधेस : ५० करोडको मलखाद किन्ने प्रस्ताव

मधेस : ५० करोडको मलखाद किन्ने प्रस्ताव

जनकपुरधाम : मधेस प्रदेशको मन्त्री परिषद् बेठकमा ५० करोड रुपैयाँ बराबरको मलखाद किन्ने प्रस्ताव गरिएको छ। 

मधेस सरकारले किसानहरूका लागि कृषि विकास योजना अन्तर्गत ५० करोड बराबरको रासायनिक मल खरिद गर्ने प्रस्ताव गरेको हो।

मधेस सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री इन्जिनियर बसन्त कुशवाहाले बिहीबार बसेको मधेस प्रदेश सरकारको मन्त्री परिषद् बैठकमा ५० करोडमा ३० हजार मैट्रिक टन मलखाद खरिद गर्ने प्रस्ताव गरेको बताएका हुन्।  

आर्थिक वर्ष २०७९/०८० मा मन्त्रालय मातहत गर्न नसकिने तथा गर्न नमिल्ने टुक्रे तथा स–साना योजनाहरू कट्टा गरी कृषि बालिका लागि मलखाद किन्ने प्रक्रिया अघि बढाइने भएको मन्त्री कुशवाहाले जानकारी दिए। 

आगामी कृषि बाली, तेलहन, दलहन सहितका नगदे बाली उखुका लागि पनि मलखाद अनुदानमा उपलब्ध गराई किसानको समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिए।

उनले भने, ‘संघीय सरकारको कृषि मन्त्रालयसँग पनि हाम्रो निरन्तर सम्पर्क छ, वहाँहरू पनि साकारात्मक हुनुहुन्छ। हामी छिट्टै मलखाद खरिद प्रक्रियामा जान्छौं।’ किसानहरूका लागि दीर्घकालीन, अल्पकालीन र मध्यकालीन गरी कृषि विकासको योजनाहरू लिएर यहाँको किसानका लागि सर्वसुलभ मल, खाद्य, बिउबिजन उपलब्धता गराउने कोसिसमा छौं।'

उनले मधेस प्रदेशको हरेक वडामा जैविक मलखाद उद्योग स्थापना गर्ने, हरेक पालिकामा साना कृषि बजार व्यवस्थापन गर्ने, हरेक निर्वाचन क्षेत्रमा ठूला कृषि बजार व्यवस्थापन, हरेक निर्वाचन क्षेत्रमा ५०० टन माथिको कोल्ड स्टोर स्थापना गर्ने र हरेक निर्वाचन क्षेत्रमा कृषि औजार कष्टम हायरिङ सेन्टर स्थापना गर्ने अन्नपूर्णसँगको कुराकानीमा बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.