सलहेस फूलबारी : जहाँ प्रेम प्रतीकको रूपमा नयाँ वर्षमा फुल्छ सुनाखरी !

सलहेस फूलबारी : जहाँ प्रेम प्रतीकको रूपमा नयाँ वर्षमा फुल्छ सुनाखरी !
सुन्नुहोस्

काठमाडौं : १४औं शताब्दीका लोक नायक थिए, राजा सलहेस।  जो पराक्रमी, बधशाली, विद्वान थिए। बैशाख १ गते नयाँ वर्षैको दिन सिरहाको लहानस्थित सलहेस फूलबारीमा रहेको हारमको रुखमा खुनाखरी फूल फक्रिन्छ। जुन फूलको सम्बन्ध राजा सलहेसको अपुरो प्रेम कहानीसँग जोडिएको छ। 

शुक्रबार फूल हेर्न ठूलो मेला लाग्यो। राजा सलहेस र कुसमाको अधुरो प्रेमको सम्झनामा त्यहाँ फूल फूल्ने गरेको मिथिला सांस्कृतिकविद् तथा प्राज्ञ धीरेन्द्र प्रेमर्षी बताउँछन्। मिथिला आज पनि राजा सहलेसको महिमा गान हुन्छ।

पकडिया गढका राजा कुहलेश्वरको दरबारमा सहलेस समान्य चौकीदार थिए। कार्यशैली, सुझबुझले उनलाई सबैले मानसमान दिनथ्यो। पछि राजाले उनलाई राजा पदवी दियो। सहलेशको नाच र किम्वन्तीमा पनि दुःख पर्दा गरिवहरुको गुहार माग्न जाने गरेको कुरा वर्ण छ। लोक नायकले मात्रै गुहार सुन्ने विशेषत हुन्छ।

यो विशेषताले सलहेस लोकप्रिय भए। अहिलेको समयमा पसिन राजनीतिक परिपार्टीमा कतै कहचरी लगाउन, जनतासँगको प्रत्यक्षा कुराकानी हुन्छ। पहिला उनी जनतामा गएर जनताको कुरो सुन्थें। समस्याको समाधान गर्थे। 

null

राजा कुहलेश्वरका चार छोरी थिए- रेशमा,  कुसमा, दोना र हीरा। उनीहरू तन्त्र विद्यामा पारंगत थिए। उनीहरू मालिन सम्प्रदायका थिइन्। राजका छोरीहरू सहलेशप्रति आकर्षित थिए। कुसमा अलि विशेष थिइन्। सहलेसको विवाह भइसकेको थियो। उनीहरूको प्रेम विवाहमा परिणत हुन सकेन। कुसमा उनको प्रतीक्षामा सहलेश फूलबारीमा हारमको रुखमा बसेकी थिइन्। उनले प्रत्येक नयाँ वर्षको दिनमा त्यहाँ प्रतिक्षा गर्थिन्। त्यसैको प्रतिकको रुपमा आज पनि सुनाखरी फूल फुल्ने गरेको जनविश्वास छ। राजा सलहेशको गाथासँग जोडिएको सलहेस फुलबारी, महिसोथा, नन महरी पर्वत, छोपरा चौरी, विराटपुर, त्रिवेणीधाम, पकडियागढ, मानिक दहमा प्रत्येक वर्ष परम्परागतरूपमा मेला लाग्ने गर्छन्। 

null

राजा सहलेसको जंगली जनवारप्रति अघात प्रेम थियो। जस्तोसुकै जनावर उनको बसमा हुन्थ्यो। युद्ध कौशलमा उनी बेजोड थिए। केवला किँरातलाई उनले सेनापति राखेका थिए। फरक समुदाय र क्षेत्रका मानिसहरुसंग उनको समाजिक सम्बन्ध बलियो थियो। त्यसको आधारमा उनी दुशमनलाई युद्धमा पराजित गर्थे।

सन्देशै सन्देशले भरिएको जीवन कथाले भरिएको थियो। संस्कृतिविद् प्रेमर्षी भन्छन्, ‘गज्जब कुरो त राजा सलहेस दलित जातिमा पर्ने पासमानले जाति देवता हुन्। तर, सबैले जातिले उनलाई पूजा गर्दछ। अहिले पनि वनजंगलमा डर लाग्यो भने, बाबा सहलेसलाई सम्झिन्छ। मानिसले राम्रो गर्दा जातपात हेर्दैन। कामको प्रसंशा हुन्छ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.