प्रतिनिधिसभा बैठक (लाइभ)
काठमाडौं : संघीय संसदअन्तरगतको प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा 'अख्तियार दुरूपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७७' र 'भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक २०७७' का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ।
सभामुख देवराज घिमिरेले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त 'सुरक्षण मुद्रण सम्बन्धी विधेयक,२०७७ माथि विचार गरियोस्' भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
यस्तै सभामुख घिमिरेले बैठकमा नेपाली कांग्रेस नेता तेजमान तुम्वाहाम्फेको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।
कांग्रेस नेता तेजमानको ९७ वर्षको उमेर गत चैत्र २४ गते निधन भएको थियो।
प्रतिक्रिया दिनुहोस !